arrow

सबै नेपालीको बैंक खाता हुने, विदेश जानेले अनिवार्य खाता खोल्नै पर्ने

logo
प्रकाशित २०७४ जेठ १५ सोमबार
mahara2.JPG

काठमाडौं । सरकारले सबै नेपालीको बैंक खाता खोल्ने अभियानलाई तीब्रता दिने नीति लिएको छ । सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले सबै नेपालीको बैंक खाता अनिवार्य गर्ने अभियानलाई तीब्रता दिने उद्घोष गरे ।

यस्तै, मन्त्री महराले वैदेशिक रोजगारीमा जाने सबैले बैंक खाता अनिवार्य खोल्नुपर्ने सरकारको नीति रहेको बताए । विदेशमा कमाएको रकम सोही  खातामार्फत पठाउने व्यवस्था मिलाउनु पर्ने बताइएको छ ।

सरकारले वैदेशिक रोजगारमा रहेका नेपालीलाई हाइड्रोमा लगानी गर्न प्रोत्साहन गर्ने विषय पनि बजेटमा उल्लेख गरेको छ । रेमिट्यान्सबाट मुलुक चलाइरहेको सरकारले सन् २०३० सम्म मुलुकलाई मध्यम आयस्तर भएको मुलुक बनाउने उद्घोष गरेको छ ।

मुख्य गरी कृषिको यान्त्रीकरण र आधुनिकीकरणलाई जोड दिँदै सरकारले सहकारीमार्फत कृषि र पशु बीमा गर्ने व्यवस्था समेत मिलाउने नीति लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ