arrow

हचुवाको भरमा चुनाव सारियो : राजपा झन् कठोर, मूल समस्या संविधान

logo
प्रकाशित २०७४ जेठ १५ सोमबार
Rajapa-_news.jpg

काठमाडौं । सरकारले आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गतेका लागि सारेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको हो ।

आइतबार साँझ बालुवाटारमा बसेको मुख्य दलका शीर्ष नेताहरुको बैठकले संविधानप्रति असन्तुष्ट राष्ट्रिय जनता पार्टी नेपाललाई सहभागी गराउन चुनावको मिति केही दिन सार्ने समझदारी गरेको थियो ।

राजपा चुनावमा आउने पक्का पक्की नभई सरकारले हचुवाका भरमा चुनावको मिति सारिएको बताइएको छ । राजपाको अध्यक्ष मण्डलका एक सदस्य अनिल झाले हाम्राकुरासँग भने, ‘आइतबार राति भएको कुरा कानीका आधारमा सरकारले निर्णय गरेको होला । हामीलाई सोधिएको छैन ।’

बैठकमा आफुहरुले पुरानै अडान राखेको र जे विषयले समस्या सिर्जना गरेको थियो त्यो समस्या एवं गहिराइमा पुग्नु पर्ने हाम्रो माग हो । उनले भने , ‘मुख्य समस्या संविधान हो । संविधान नमान्ने विषयले नै मधेस आन्दोलन निम्त्यायो । आन्दोलनमा क्षति भयाे । परिस्थितिको जड एउटै हो, संविधान । त्यसैले संविधान संशोधनको ग्यारेन्टी नभई हामी कसरी निर्वाचनमा जान सक्छौँ ।’ चुनावको मिति सार्नु समस्याको समाधान होइन ।

उनले अगाडि थपे, ‘जहाँसम्म हामीलाई दल दर्ताका लागि र चुनाव चिन्ह दिनका लागि निर्वाचन सारेको भन्ने कुरा छ । त्यो समयमा हामीले उठाएका सबै माग पुरा भए मात्रै चुनावमा जाने अवस्था रहन्छ ।’ नभए हामीलाई दल दर्ता गर्ने देखि लिएर चुनाव चिन्ह लिने प्रक्रिया कण्ठस्त छ । कसैले सिकाउनै पर्दैन, झाले तर्क गरे ।

यथास्थितिमा जति सुकै चुनावको मिति सारिएपनि केही फरक नपर्ने उनको भनाई छ । शीर्ष दलहरुको बैठकमा विपक्षी एमाले भाषमा लचिलो भएपनि एजेण्डामा सहमत भइनसकेको झाले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ