arrow

बार्सिलोनाको जिम्मेवारी अर्नेस्टो भल्भर्डलाई

logo
प्रकाशित २०७४ जेठ १६ मंगलबार
ernesto-valverde-barcelona.jpg

स्पेन । स्पेनिश ला लिगा फुटबल क्लव बार्सिलोनाले अर्नेस्टो भल्भर्डलाई क्लवको नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ । 

सिजनको अन्त्यसँगै लुइस एन्रिक प्रशिक्षकको जिम्मेवारीबाट बाहिरिएपछि बार्सिलोनाले भल्भर्डलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको हो ।

चार वर्षदेखि एथलेटिको बिलबाओका प्रशिक्षक रहेका भल्भर्डले गत हप्ता उक्त क्लव छाड्ने घोषणा गरेसंगै बार्सिलोनाले आफ्ना पूर्व फरवार्डलाई भित्र्याएको हो । 

भल्भर्डसंग बार्सिलोनाले दुई वर्षको सम्झौता गरेको छ । 

५३ वर्षका भाल्भेर्डे क्षमतावान र अनुभवी रहेकाले नियुक्त गरिएको बार्सिलोनाका अध्यक्ष जोसेप मारिए बार्टोमेउले बताएका छन् । 

अर्नेस्टो भल्भर्डले बिहीबारदेखि आफ्नो कार्यभार सम्हाल्ने छन् । 

Ernesto Valverde succeeds Luis Enrique as the new manager of La Liga giants Barcelona

Valverde will be hoping for an immediate impact at Barcelona after a poor season for the club

Enrique ended his time in charge of the club with a Copa del Rey title on Saturday



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ