arrow

डोल्पाको ताङसोङ गाउँपालिको स्वतन्त्र निर्वाचित अध्यक्ष एमालेमा प्रवेश

logo
प्रकाशित २०७४ जेठ १६ मंगलबार
cpnuml.jpeg

डोल्पा। स्वतन्त्र उम्मेदवारी दिएर छार्का ताङसोङ गाउँपालिका अध्यक्ष निर्वाचित सेनाङ गुरुङ र शे–फोक्सुन्डोका उपाध्यक्ष धावासम्डुक गुरुङ एमाले प्रवेश गरेका छन्। 

सेनाङले एमालेकी आधिकारिक उम्मेदवार त्होता गुरुङलाई पराजित गरेका थिए। धावासन्दुक यसअघि पार्टीको जिल्ला कमिटी सदस्य थिए। उनी निर्विरोध निर्वाचित भएका हुन्। दुवैले पार्टीमा आउने जनाएपछि फेरि प्रवेश गराइएको एमाले जिल्ला कमिटी सचिव नन्दसिंह बुढाले बताए। उनीहरू पार्टीले उम्मेदवारी चयनमा मनपरी गरेको भन्दै स्वतन्त्र उम्मेदवारी दिएर विजयी बनेका थिए। (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ