arrow

कपिलवस्तुका आगलागी प्रभावितलाई जस्ता पाता वितरण

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७४ जेठ १६ मंगलबार
aglagipidit.png

कपिलवस्तु । गत चैत र वैशाखमा आगलागी भई पुर्ण रुपमा नष्ट भएका घरधुरीहरुलाई घर निर्माणको लागी जस्ता पाता वितरण गरिएको छ । कारितास नेपालको सहयोगमा  पिस नेपाल कपिलवस्तुको आयोजना र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा उक्त जस्तापातारु वितरण गरिएको हो ।

 शिवराज नगरपालिका वडा नं १० शितलापुर गाउंमा आगलागीबाट पुर्ण नष्ट भएका २५ घर , विजयनगर गाउंपालिका वडा नं ३ महिलावार गाउंका ३० घरधुरी र शुद्धोधन गाउंपालिका वडा नं ५ शिवपुरका ७ घरपरिवार गरी ६२ घुधुरीलाई स्थलगत रुपमा पुगेर जस्ता पाता वितरण गरिएको हो ।
 
पुर्ण रुपमा जलेर नष्ट भएका घरहरुलाई वर्षाद अगाडी नै घर निर्माण गर्नको लागी जस्ता पाता वितरण गरिएको पिस नेपाल कपिलवस्तुका अध्यक्ष सदानन्द प्रसाद चौधरीले बताए । प्रति घर निर्माणको लागी २ वण्डल टिन ९ फुटको उपलब्ध गराइएको जसमान १६ पाता जस्ता पाता रहेको चौधरीले बताए । यस अघी संस्थाले उक्त स्थानहरुमा पुरेर केही सहयोग र तथ्यांक संकलन गरेको र कारितास नेपालको सहयोग मार्फत अहिले आएर सहयोग उपलब्ध गराइएको बताइएको छ ।

नष्ट भएका घरहरुको संरचना निर्माण भएपछि जस्ता पाता उपलब्ध गराइएको छ । जसवाट १ हप्ता भित्रमा नै ६२ घर निर्माण कार्य सम्पन्न हुने संस्थाले जनाएको छ । जस्ता पाता पाएपछि शितलापुरकी  शैरुन निसाले खुसी हुदै खुल्ला आकासमा बसेको अव जस्ता पाता पाए सर्गै घर निर्माण गरी बस्ने बताइन् ।

जस्ता पाता वितरण समारोहमा वोल्दै जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत प्रेम बहादुर खवासले तत्काल जस्ता पाताले घर छाएर सुरक्षित हुनुको साथै साम्रगथीको सही प्रयोग गर्नु पर्ने बताए । साथै आगोलागी तथा अन्य विपद वाट बच्नको लागी एक आपसमा सचेतना अपनाउनु पर्ने उनले बताए  ।

त्यस्तै शिवराज नगरपालिकाका कार्यकारी अधिकृत शेषकान्त पौडेलले आगोलागी वाट पिडित भएकाहरुलाई जस्ता पातले संगै ठुलो राहत मिले हुंदा तत्काल घर निर्माण गरी वस्नुपर्नेमा जोड दिए त्यसका साथै अन्य सहयोग र सहकार्यको लागी संस्था तथा नगरपालिका संग समन्वय गरेर जानुपर्नेमा जोड दिए । सो अवसरमा वडा प्रहरी कार्यालयका चन्दौटाका प्रहरी निरिक्षक झविन्द्र  भट्राई ,  शुद्धोधन गाउंपालिकाका वडा सचिव प्रहलाद प्रसाद यादव, कारितास नेपालकी कार्यक्रम अधिकृत शोभा कोइराला , सचारकर्मी तथा स्थानीको उपस्थिती रहेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ