arrow

काठमाडौंको मतादेशः ' राईइ टु रिजेक्सन '

logo
प्रगति रञ्जित,
प्रकाशित २०७४ जेठ १६ मंगलबार
pragatiman_-ranjit.jpg

काठमाडौं। देशले नयाँ बाटो लिँदैछ। नयाँ संविधान कार्यान्वयन हुने क्रमसँगै पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भई परिणाम आएको छ। निर्वाचनमा हारजीत स्वभाविक हो। प्रधानमन्त्री प्रचण्डले स्थानिय तहको चुनाव गराउन गरेको आँट र देखाएको साहसिक कदमले उहाँको राजनैतिक उचाई धेरै बढाएको छ। प्रचण्ड र उनको पार्टीको बिगतको राजनैतिक यात्राले जनतामा परेको नराम्रो प्रभावलाई मेटाउन पनि उनले आफ्नो परिवार र आफन्तलाई भन्दा देश र जनताको भलोका कामहरू गर्दै गयो भने अहिले तेश्रो स्थान प्राप्त गर्न सफलबाट अझ माथि उक्लिन सक्ने सम्भावनालाई नकार्न सकिन्न। भन्नै पर्दा  प्रचण्डको यो प्रधानमन्त्रीत्वकाल उनको लागि स्वर्णकाल बन्न सफल भएको छ। उनलाई शुभकामना। 
  
भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा पनि हारजीत भयो एमालेले मेयर सहित बहुमत वडाध्यक्ष जित्न सफल भयो भने कांग्रेसले उपमेयर सहित अल्पमत वडाध्यक्ष। यो हार र जीत स्वभाविक हो। काठमाडौं महानगरमा आएको यो परिणामले काँग्रेस, एमाले र माओबादीले आआफ्नो मतलाई मुल्याङ्कन गरी आफुलाई समिक्षा र सुधार्नु पर्ने सन्देश पनि दिएको छ। कांग्रेसले आफ्नो सगठन र उम्मेदवारहरूलाई दमदार रूपमा प्रस्तुत गर्न सकेन र हार ब्यहोर्नु पर्यो भने एमालेले त्यसको फाईदा उठाउन सफल भयो र जित्यो। 

निर्वाचनको परिणामले पक्कै कोहि तलमाथि हारजित हुन्छ। जित्नेले दम्भ र हार्नेलाई होच्याउदै एकअर्कालाई गालीगलौज मात्र गर्ने अनि अहिलेको निर्वाचनको सन्देश र नयाँ उदय भएको नयाँ पार्टीले प्राप्त गरेको मतलाई अवमुल्यन (underestimate) मात्र गरी आफुलाई सुधार्ने प्रयास गरेन भने अर्को आउने निर्वाचनको परिणाम अहिलेसम्म तपाई ठूला दलहरूलाई मान्दै पत्याउदै आएका जनताले यी नयाँ दलहरू नल्याउला भन्न सक्ने अवस्था छैन। 

तसर्थ अहिलेका ईतिहास बोकेका ठूला दलहरूले आफुलाई सच्याउँदै नयाँ पुस्ताहरुलाई अवसर दिन कन्जुस्याई नगरी अगाडि बढ्नुपर्छ। पुराना सोच र पाराले आफुहरुलाई मात्र केन्द्रबिन्दु राखि युवाहरुलाई ठाउँ दिएन भने र क्षमताको आधारमा ईमान्दार कार्यकर्ताहरुलाई अघि बढाएन भने ती बिक्षिप्त(Frustrate)युवाहरूलाई बाहिर झोला र डोको थापी बसिरहेका यी नयाँ पार्टीमा हजारौ युवाहरूको साथ लिई अर्को नयाँ शक्ति बनेर राजनैतिक मैदानमा उदाउने पक्का छ। 

छिमेकी देश भारतको नयाँदिल्लीमा बिगतका राजनैतिक उथलपुथलको उदाहरणबाट पनि हामीले ज्ञान लिनु जरूरी छ। भारतको नयाँ दिल्लीमा आम आदमी पार्टीलाई त्यहाँका जनताले नसोचेको मत दिई काँग्रेस आईलाई नयाँदिल्लीमा राजनीतिबाट लगभग खोज्नुपर्ने बनाई दियो। त्यस्तै बिजेपीलाई एकजना नेता नरेन्द्र मोदीले जनता माझ यतिमाथि पुर्‍याई दिए की त्यसले पूरा भारत बिजेपीमय बनाएर परिवारबाद र अह्ममा रूमल्लिएका काँग्रेस आईलाई देशभरीबाट लगभग बिस्थापित हुने अवस्थामा पुर्‍याई दियो। ईच्छाशक्ति, लोभ रहित र दूरदृष्टि भएको एकजना नेताले पनि देश र जनताको मन जित्न सक्छ भन्ने उदाहरण लिन धेरै टाढासम्म पुग्नै पर्दैन।
          
अहिले बिश्व साँगुरिँदै गईरहेको छ। कुनै पनि देश र देशमा घट्ने गरेका समाचारहरू सेकेन्ड भरमा बिश्वको कुनै पनि कुनामा रहेका नागरिकहरूको हातहातमा पुग्ने गर्छ। बिश्व प्रबिधिमय भईसकेको छ। नयाँ सोच नयाँ बिचार भएका युवाहरूले पुराना परम्परागत सोचले चल्ने राजनैतिक पार्टीहरूप्रति आकर्षित हुँदैनन। अहिलेका पुस्ताहरू अध्ययनशील छन् , बिश्व राजनीति र आर्थिक नीति राम्ररी बुझ्छन्। यिनीहरूलाई पहिलेका पुस्ताहरुलाई जस्तै झुक्याएर पार्टीप्रति लोभ्याउन सक्दैन। अहिलेका नेपाली युवाहरूलाई देशमै आकर्षित गरी काम गर्ने मौका दिई बिदेशिनुबाट रोक्नुपर्छ ।
      
अहिले यी नयाँ पार्टीका उम्मेदवारहरूलाई मनपराएर जनताले मत दिएको पक्कै हैन। राष्ट्रिय राजनीतिमा ठूला दलहरूले खेलेको भूमिका र यसले जनताको मनमस्तिष्कमा परेको प्रभाव तथा शीर्षस्थ नेताहरूले राम्रालाई भन्दा हाम्रालाई स्थान दिएकोमा जनताले दिएको थप्पड हो भन्दा अन्यथा हुदैन। काठमाडौंको यो नतिजाले एमालेका नेताहरू पनि धेरै चम्किनु आवश्यक छैन। यो मत एमालेलाई मन पराएर दिएको हैन।  रञ्जु दर्शना र किशोर थापा त पात्र मात्र हुन्। यो जनताको मत त काग्रेसका नेताहरूलाई सबक सिकाउन Right to Reject(No Vote)मत स्वरूप उनीहरूलाई दिईएको मत हो। 

काठमाण्डौमा सबै दलका शिर्ष नेताहरू बस्ने वडाहरूमा जनताले बिपरित दललाई मत दिनु पनि त्यसको उदाहरण हो।  त्यसैले गल्ति र कमजोरीलाई स्विकार र सुधार गरी अगाडि बढ्न नेताहरूले आँट गर्न ढीलो गर्नुहुन्न। नेताहरूको वरीपरी घुम्ने र नेताहरूलाई खुशी पार्न चाईँदो नचाईँदो गलत सुचना र सल्लाह दिनेहरुको कुरा सुन्नु भन्दा आफूहरू नै कार्यकर्ताहरुको माझमा गई ईमान्दार कार्यकर्ताहरूको तितो यथार्थ सुझाव लिई सुधार गर्दै सगठनलाई चुस्त पार्न सक्नुपर्छ। आफ्ना ब्यक्तिगत स्वार्थ त्यागी देशको बिकास र जनताको आर्थिक स्तर बढाउन तिर लागि अहिलेको युग सुहाउँदो पार्टी बनाई जनतालाई पुनः बिश्वास दिई  युवाहरूलाई आकर्षित गरी आगामी निर्वाचनहरूमा आफ्नो पक्षमा मत तान्न सफल हुन सक्नुपर्छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ