arrow

दोस्रो चरणको निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक, २ गते मनोनयन

logo
प्रकाशित २०७४ जेठ १७ बुधबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौं । सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचन असार १४ गते गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । बुधबार बसेको आयोगको बैठकले असार २ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको हो । 

आयोगले असार ५ गते निर्वाचनको चुनाव चिह्न प्रदान गर्ने बताईएको छ । यस अघि जेठ ३१ गतेको लागि निर्वाचनका तोकिएकोमा जेठ १९ गते मनोनयन दर्ता गर्ने कार्यतालिका तोकिएको थियो । तर, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेसँगै आयोगले पनि मनोनयनको मिति परिवर्तन गरेको हो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ