arrow

अफगानिस्तानको काबुलमा शक्तिशाली विष्फोट, ८० जनाको मृत्यु

तालिवानले घटनाको जिम्मा लिन मानेन, आइएस बोलेन

logo
प्रकाशित २०७४ जेठ १७ बुधबार
EPA.jpg

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित अति संवेदनशील कूटनीतिक क्षेत्र नजिक भएको शक्तिशाली कार बम विष्फोटमा कम्तिमा ८० जनाको मृत्यु भएको छ । विष्फोटमा परी ३ सय ५० बढी घाइते भएका छन् ।

राष्ट्रपति भवन नजिकै, कुटनीतिक नियोगका कार्यालयहरु रहने स्थानमा विहानको वयस्त समयमा बम र  विष्फोटक पदार्थले भरिएको एउटा कार विष्फोट गराइएको सरकारी अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

बेलायती समाचार संस्था बीबीसीले तालिवानले घटनाको जिम्मेवारी लिन अस्वीकार गरेको छ भने, इस्लामिक स्टेट आइएसले कुनै प्रतिक्रिया दिएको छैन ।

विष्फोट जर्मन दूतावासनजिकै गराइएको बताइँदै छ । यो क्षेत्रका सबैजसो भौतिक संरचना विष्फोटले क्षतविक्षत भएका छन् । विष्फोटस्थलबाट डेढ किलोमिटर टाढा रहेको भारतीय दूतावासमा समेत क्षति पुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

विष्फोटमा धेरैजसो अफगानी नागरिक मारिएका छन् । त्यस्तै विदेशी कूटनीतिक नियोगका कर्मचारीहरु पनि विष्फोटमा परेको बताइएको छ । तर, अहिलेसम्म कुन देशका कति नागरिक हताहती भएको विवरण आइसकेको छैन ।

फ्रेन्च अधिकारीले समेत आफ्नो दूतावासमा ठूलो क्षति पुगेको तर कूटनीतिज्ञहरुको हताहतीबारे जानकारी नभएको बताएका छन् ।  बेलायती र भारतीय अधिकारीहरुले आफ्ना कूटनीतिज्ञहरु सुरक्षित रहेको जनाएको छ । त्यस्तै जापानले आफ्ना दुई कूटनीतिज्ञ घाइते भएको जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ