arrow

अफगानिस्तानको काबुलमा भएको विष्फोटमा पाँच नेपाली घाइते

logo
प्रकाशित २०७४ जेठ १७ बुधबार
EPA1.jpg

काठमाडौं । अफगानिस्तानको काबुलमा भएको बम विस्फोटमा पाँच नेपाली घाइते भएका छन् । परराष्ट्रमन्त्रालयले जारी गरेको विज्ञप्तिमा विष्फोटमा पाँच नेपाली घाइते भएको उल्लेख छ ।

घटनाको यकिन विवरण प्राप्त भइनसकेको जनाइएको छ । परराष्ट्रले काबुल विष्फोटमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

वुधबार विहान अफगानिस्तानको काबुलस्थित कूटनीतिक नियोगको कार्यालय रहने क्षेत्रमा भएको शक्तिशाली कार बम विष्फोट हुँदा कम्तिमा ८० जनाको मृत्यु हुँदा ३५० बढी घइते भए । यसअघि गत वर्ष काबुलमा भएको विष्फोटमा १३ नेपालीको मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ