arrow

मन्त्री लेखकका उपलव्धीः हुलाकी मार्ग, फाष्ट ट्याक, ओवीओआर हस्ताक्षर

चुनौतीका बिचमा राम्रो गर्ने प्रयास

logo
प्रकाशित २०७४ जेठ १८ बिहिबार
ramesh-lekhak-mantralaya-press-meet.jpg

काठमाडौं। नेपाली काँग्रेसका नेता तथा भौतिक योजना तथा निर्माण मन्त्रीले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गरेका सबैलाई धन्यवाद दिएका छन्। सरकार परिवर्तनको संघारमा रहेको बेला आफूले जिम्मेवारी सम्हालेको मन्त्रालयको बारेमा उनले पत्रकार सम्मेलन गरि आफ्ना कार्यकालको उपलव्धी बताएका छन्। करिव १० महिनाको अवधिमा आफूले राम्रो काम गर्ने प्रयास गरेको लेखकले बताए।

पत्रकार सम्मेलनमा लेखकले बर्षौदेखि अन्यौलमा रहेको तराई मधेशको भाग्यरेखाको रुपमा रहेको हुलाकी राजमार्गको लागि आवश्यक बजेटको व्यवस्था गरिएको मन्त्री लेखकले बताए। पूर्व पश्चिम र उत्तर दक्षिण गरि ८०० किलोमिटर डवल लेनको हुलाकी राजमार्गको पिच गर्ने काम समेत शुरु भएको लेखकले बताए।  
मित्र राष्ट्र भारतको सहयोग र नेपालको आन्तरिक स्रोतको व्यवस्था गरि बनाउने काम शुरु भएको उनले बताए। 

काठमाडौंलाई तराई मधेशसँग जोड्ने फाष्ट ट्याक बनाउने बिषयमा देखिएको अन्यौल हटाइ नेपाली सेनालाई जिम्मा दिएको उनले स्मरण गराए। फाष्ट ट्रयाक बनाउने व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मेवारी दिइएको उनले बताए। नेपाली सेनाको उच्च अधिकारीको नेतृत्वमा अधिकारसम्पन्न निर्देशक समिति बनाइएको पनि उनले बताए। राष्ट्रिय योजना आयोगको सदस्यको नेतृत्वमा अनुगमन गरि सरकारलाई प्रतिवेदन दिन समिति बनाएको पनि उनले बताए। उनले भने, 'अव यो फास्ट ट्रयाक नेपालकै आफ्नै साधन स्रोतमा बन्छ। हामी यो बनाउँछौ। '

नेपालको उत्तर दक्षिण जोड्ने करिडोरको रुपमा चीनसँग जोड्ने उत्तरतिर करिडोर निर्माणका लागि काम शुरु भएको उनले बताए। भारतीय सीमावर्ती शहर र नेपालका सीमावर्ती शहरलाई ६ लेनको सडकले जोड्ने काम भएको पनि उनले बताए। 

चीनले शुरु गरेको 'वान वेल्ट वान रोड' पहलमा नेपालले हस्ताक्षर गरेको पत्रकार सम्मेलनमा उनले बताए। उनले भने, ' यसले नयाँ आशा जगाएको छ।' वहुआयामिक परियोजनाको रुपमा आएको  ' वान वेल्ट वान रोड ' बाट नेपाल लाभान्वित हुने उनले बताए। 
नेपाल र चीन रेलमार्ग मार्फत पनि जोड्ने प्रतिवद्धता पनि आफ्नो कार्यकालको उपलव्धि भएको उनले बताए। 

उच्च पहाडी तथा हिमाली लोकमार्ग, सुरुङ मार्ग, मेट्रो रेल, टनेल आफ्ना प्राथमिकतामा रहेको र यसमा काम शुरु भएको मन्त्री लेखकले बताए। हिमाली राजमार्ग बनाउँदा जलाधार क्षेत्रको संरक्षणमा ध्यान दिइने पनि उनले बताए। 

नागढुङगामा सुरुङ मार्ग बनाउने कामले गति पाउने उनले विश्वास लिए। उनले भने, 'जापानले काम शुरु गरेको छ।'

झापादेखि कञ्चनपुरसम्मकै राजमार्गलाई ४ लेन बनाउने अन्तर्गत नारायणघाटदेखि वुटवलसम्म एशियाली विकास बैङकको सहयोगमा ४ लेन बनाउने काम शुरु हुने उनले बताए। एशियाली विकास बैङकले यसमा आवश्यक मात्रामा ऋण लगानी गर्ने उनले बताए। काठमाडौंमा फ्लाइओभर बनाउने काम पनि बजेटमा उल्लेख भएको उनले बताए।

समयमा काम नहुने र कामको गुणस्तर नहुने भौतिक मन्त्रालयको चुनौतीको रहेको उनले बताए। निर्माण गरिएका आयोजनाको ५ बर्षसम्मको जिम्मा निर्माण व्यवसायीले लिनुपर्ने गरि व्यवस्था मिलाउने काम भएको उनले बताए। 

मन्त्रालयको यो बर्षको पूँजीगत खर्च ६० प्रतिशत भएको पनि मन्त्री लेखकले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ