arrow

उद्योग वाणिज्य संघ वालिङले गर्‍यो जनप्रतिनिधिलाई सम्मान

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ जेठ १८ बिहिबार
waling-udhyaog-banijya.png

स्याङ्जा । वालिङ उद्योग वाणिज्य संघले वालिङ नगरपालिकामा नव निर्वाचित प्रमुख, उपप्रुमुख, वडा अध्यक्ष र सदस्यहरुलाई सम्मान गरेको छ । नगरपालिका भित्र रहेका १४ वडा सहित प्रमुख र उपप्रमुखलाई संघले सम्मान गरेको हो । उद्योग वाणिज्य संघको सभाहलमा भएको सम्मान कार्यक्रममा उद्योग वाणिज्य संघ र वालिङ नगरपालिका विचको सम्वन्ध अझै सुमधुर बनाउन निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको आयोजकले जनाएको छ ।

नीजि क्षेत्र र नगरपालिका मिलेर वालिङलाई औद्योगिक शहरको रुपमा विकसित गर्न व्यवसायीहरुले जनप्रतिनिधिहरुलाई सुझाएका छन् । सम्भावना बोकेको वालिङ नगरपालिकालाई आर्थिक रुपमा सवल बनाउन जनप्रतिनिधिहरुको भुमिका महत्वपूर्ण हुने व्यवसायीहरुले अपेक्षा राखेका छन् । नयाँ संरचना अनुसार निर्माण भएको स्थानीय तहमा निर्वाचनबाट जनप्रतिनिधि चुनिएपछि नीजि क्षेत्रले विकासको फड्को मार्ने अपेक्षा व्यवसायीले लिएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले बताए ।

लामो समय जनप्रतिनिधि विहिन हुदा व्यवसायीले झेल्नु पर्ने समस्याको चर्चा गर्दै संघका अध्यक्ष पौडेलले बन्द, हड्ताल, डर, त्रास र धम्कीको सामना गर्न अव व्यवसायीलाई नपर्ने विश्वास व्यक्त गरे । वालिङ नगरपालिका स्मार्ट सिटिको अवधारणा वोकेर अगाडी बढेकाले नीजि क्षेत्रको सहयोगी भुमिका खेल्न सबै व्यवसायीहरुलाई वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले आग्रह गरे । वालिङका सबै वडामा पक्की सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, सिंचाई जस्ता आधारभुत विकासलाई पहिलो प्रथामिकतामा राखेर अगाडी बढेकाले सबै व्यवसायीहरुलाई ढुक्क सगँ व्यवसाय गर्न प्रमुख खाँणले आग्रह गरे । १४ ओटै वाडमा आउने आर्थिक बर्षमा वाईफाई फ्रि गर्ने योजना नगरपालिका सगँ रहेको खाँणको भनाई छ ।

महिला व्यवसायीलाई परेको समस्याको पहिचान गरी महिलाको आर्थिक समृद्धि तर्फ अगाडी बढाउने लक्ष्यका साथ नगरपालिका लागेको उपप्रमुख कल्पना तिवारीले बताईन् । व्यवसायमा पछाडी परेका महिलाको पहिचान गर्न उपप्रमुख तिवारीले उद्योग वाणिज्य संघलाई आग्रह गरिन् । महिलाले उत्पादन गरेको सामाग्रीको बजारीकरणमा समस्या भएको छ भने पनि नगरपालिकाले बजारीकरणको वातावरण मिलाउन तयार रहेको तिवारीको भनाई छ ।  कार्यक्रममा सबै वडाहरुको भिन्न प्रकृतिका उत्पादन, व्यवसायको प्रवद्र्धनका सम्भावनाहरु रहेकाले त्यही बमोजिम कार्ययोजना तयार पार्ने वडा अध्यक्षहरु बताए । वालिङ उद्योग वाणिज्य संघ सगँ आवद्ध रहेका व्यवसायीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ