arrow

कृषि उत्पादनलाई ब्यवसाय बनाउने २५ आइडिया तयार

लगानीकर्ता खोज्दैछन् उद्यमी

logo
प्रकाशित २०७४ जेठ १८ बिहिबार
agro-boot-camp.gif

काठमाडौं ।  दाङका लक्ष्मण पौडेल जिविका चलाउन प्ररीमा जागिर खानुहुन्थ्यो । द्वन्द्वकालमा माओवादीको दवाव थेग्न नसकेर उहाँले जागिर छाड्नु पर्‍यो । त्यसपछि उहाँलाई परिवार पाल्न समस्या भयो । पोखरा पुगेर उहाँले घरघर डुल्दै चिनीयाँ घडी बेच्न थाल्नुभयो ।

त्यसले खासै आम्दानी नदिएका बेला उनलाई पुराना साथीले पोखरामा मसलाको ब्यापार गर्न आग्रह गरे । पौडेलको नाजुक आर्थिक अबस्था देखेर उनले सामान उधारोमा दिन थाले । ‘ब्यापार सुरु गर्दा मैले ४ सय रुपैयाँ लगानी गरेको थिएँ,’ उहाँले भन्नुभयो, ‘साथीले पठाइ दिएको टिमुरको छोप, बेसार, पिठोलगायतका सामग्री घरघर लगेर बेच्थें । श्रीमती मसँगै डोकोमा फलफूल बोकेर बेच्दै हिँड्थिन् ।’

उहाँलाई समान दिने तिनै साथीले भारतमा मसला उत्पादन गर्ने कम्पनीमा सिक्न पठाए । त्यहाँ मसला उत्पादन विधि सिकेर फर्केपछि उहाँले २०६६ मा कालिका विएम एग्रो उद्योग स्थापना गर्नुभयो । उहाँ अहिले फावरको पिठो, सातु, आटा, टिमुरको छोपलगायतका सामग्री उत्पादन गर्नुहुन्छ । उहाँले केही महिनाअघि बुटवलमा भएको १५ दिने मेलामा आफ्ना उत्पादनसहित सहभागिता जनाउनु भयो । मेलामा उहाँका उत्पादन ‘हटकेक’ जस्तै भए । त्यस अबधिमा उहाँले १८ लाख ५० हजार रुपैयाँको कारोबार गरेको सुनाउनु भयो । उहाँले मेलामा टिमुरको छोप मात्रै ७ हजार बट्टा बेच्नु भएको थियो ।

उहाँ अहिले कृषि ब्यवसायलाई विस्तार गर्न नेपाल आन्ट्रप्रेनर हबले आयोजना गरेको झण्डै साढे दुई महिना लामो ‘एग्रिबिजनेश बुट क्याम्प २०१७’ मा सहभागी हुनु भएको छ । उहाँले क्याम्पमा बसेर कसरी आफ्नो उत्पादनबाट उपभोक्ताको मन जित्ने तरिका सिक्नु भएको छ । ‘आफ्नो उत्पादन कसरी गुणस्तरिय बनाउने, ब्यवसायमा घाटा लाग्यो भन्नासाथ नआत्तिने, नरिसाउने, थोरै नाफा खाएर घेरै बेच्ने विजनेस टिप्सहरू सिकेको’ उहाँ बताउँनु हुन्छ । उहाँको ब्यवसाय गुणात्मक रुपमा विस्तार हुँदैछ । जग्गा लिजमा लिएर बुटवलमा उद्योग स्थापना गरेका उहाँले नवलपरासीको तुलसी नगरमा आफ्नै जग्गा लिएर उद्योग विस्तार गर्दै हुनुहुन्छ ।  

कृषिमा आधारित ब्यवसायलाई बढावा दिन नेपालमा आयोजना गरिएको पहिलो बुट क्याम्पमा पौडेलजस्तै २५ ब्यवसायका ५० जना सहभागि भइरहेका छन् । यस क्याम्पलाई सघाएका छन् विश्व बैंक, इन्फोडेभले । राम्रा ब्यवसायमा लगानी गर्दै आइरहेको विजनेश अक्सिजन (विओटु) ले बुट क्याम्पमा साझेदारी गरिरहेको छ ।

बुट क्याम्पमा अहिले कृषिमा आधारित ब्यवसाय गर्दै आएका ती २५ वटा समुहले आफ्नो ब्यवसायिक योजनालाई उचाइमा पुर्‍याउने गरी तिखार्दै छन् । यस प्रकारको कार्यक्रमले छानिएका कृषि उत्पादनमा आधारित ब्यवसायलाई दीगो बृद्धितर्फ लैजान सघाउने आयोजकको विश्वास छ । यसबाहेक विजनेश गर्ने नयाँ आइडिया भएका स्टार्टअपहरूलाई आफ्नो दिमागमा भएको ब्यवसायलाई बजारसम्म पुर्‍याउन ब्यवसायिक र आर्थिक योजना बनाउन मद्दत गर्ने छ ।
क्याम्प अबधिमा सहभागीले कृषिमा आधारित ब्यवसायलाई विकास र विस्तार गर्न ठोस दक्षता हासिल गर्ने एनइहवका ब्रिजेन्द्र जोशी बताउनु हुन्छ । सहभागीलाई औद्योगिक विज्ञहरूले आपूर्ती सप्लाई चेन, भ्यालु एडेड, बजारिकरण, कानुनी प्रक्रिया, विक्री, वितरण, लगानी, साझेदारीलगायतका वषयमा प्रतिशिक्षित गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ