arrow

उच्च अदालतका न्यायाधीश नियुक्ति विवादको निर्णय असार १ गते 

logo
हाम्रा कुरा
प्रकाशित २०७४ जेठ १९ शुक्रबार
Supreme-Court-Nepal.jpeg

काठमाडौँ । सर्वोच्च अदालतले उच्च अदालतका लागि ८० जना न्यायाधीश नियुक्ति गरेको विरुद्धमा परेको रिट निवेदनमा आगामी असार १ गते निर्णय सुनाउने भएको छ । 

न्यायाधीशहरु दीपकराज जोशी, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हाको पूर्ण इजलासले उच्च अदालतका ८० न्यायाधीश नियुक्तिविरुद्धको अन्तिम निर्णय आगामी असार १ गते सुनाउने आदेश भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । 

न्यायाधीश नियुक्तिमा वरिष्ठतालाई ध्यान नदिएको, सरकारी वकिललाई प्राथमिकतामा नराखेको उल्लेख गरी नियुक्ति बदर गर्न माग गर्दै अधिवक्ता तोयानाथ ढुङ्गाना, डिलहरि शर्मा, सुरेन्द्रप्रसाद यादव र प्रकाशकुमार काफ्लेले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए । 

सो विषयमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले बहस गरेका थिए । 

न्यायपरिषद्ले गत पुस २९ गते उच्च अदालतका लागि विभिन्न क्षेत्रबाट ८० जना न्यायाधीशको नियुक्ति गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ