arrow

मन्त्रीद्धारा सरकारी गाडी दुरुपयोग

logo
प्रकाशित २०७४ जेठ १९ शुक्रबार
minister-prakashsaran-mahat.jpeg

काठमाडौं । मन्त्रीलाई सुविधास्वरुप एउटा गाडी उपलब्ध गराउने सरकारी प्रावधान भए पनि परराष्ट्रमन्त्री प्रकाशशरण महतले तीन वटा सरकारी गाडी प्रयोग गर्दै आएका छन् ।

परराष्ट्रमन्त्री भएपछि उनले दुईवटा बुलेट प्रुफ ‘मर्सिडिज बेन्ज’ र एउटा ‘स्कार्पियो’ गरी तीनवटा सरकारी गाडी प्रयोग गरिरहेका हुन् । 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सरकारी प्लेट ९सेतो० मा रहेको स्कार्पियो गाडीको नम्बर प्लेट नै परिवर्तन गरी उनले निवासको प्रयोजनमा प्रयोग गरेका छन् । 

अहिले स्कार्पियो गाडीको नम्बर रातो बनाइएको छ । निजी सवारी साधनमा रातो नम्बर प्रयोग हुन्छ ।

सरकारी नम्बर प्लेटको स्कार्पियोलाई निजीमा परिवर्तन गरी उनले निवासको प्रायोजनका लागि राखेको स्रोतले बतायो । 

‘परराष्ट्र मन्त्रीज्यूले आफ्नो प्रयोजनका लागि तीन वटा गाडी राख्नु भएको छ । दुई वटा मर्सडिज बेन्च र एउटा स्कारपियो । 

मर्सिडिज गाडी कार्यालयको प्रायोजनका लागि राख्नुभएको छ भने स्कार्पियो गाडी निवासमा राख्नुभएको छ,’ स्रोतले भन्यो ।

२०६८ भदौमा सरकारले प्रधानमन्त्री, मन्त्री, सहमायक मन्त्री तथा राज्यमन्त्रीको सेवा सुविधा निर्धारण गरेको थियो । 

जसमा मन्त्रीलाई मासिक ६० हजार ९ सय ७० रुपैयाँ, एउटा गाडी, मासिक २ सय ७ लिटर पेट्रोल, वार्षिक २० लिटर मोबिल, सञ्चार सुविधा मासिक ३ हजार रुपैयाँ, मासिक मसलन्द खर्च ३ हजार पाँच सय रुपैयाँ र जिल्ला भ्रमणमा जाँदा दैनिक ३ हजार रुपैयाँ भत्ता दिने उल्लेख छ । (नागरिक दैनिक)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ