arrow

वर्तमान सरकारले राज्य शक्तिको दुरुपयोग गर्यो : उपाध्यक्ष रावल 

logo
शैलेन्द्र रोकाया, 
प्रकाशित २०७४ जेठ १९ शुक्रबार
Bhim-rawal.gif.gif

बझाङ । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा पुर्व उपप्रधान एवम् गृह रक्षा मन्त्री भीम रावलले बर्ततमान गठबन्धन सकरकारले जनताका अधिकार कुन्ठीत गर्न खोजेका आरोप लगाएका छन् । नेकपा एमाले बझाङको अगुवाई कार्यकर्ता भेलालाई सम्बोधन गर्न बझाङ सदरमुकाम चैनपुर पुगेका नेता रावलले प्रेस चौतारी बझाङले गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । 

प्रदेश स्वायत्त र भएको र स्वायत्त हुनु पर्नेमा जोड दिँदै उनले प्रदेशका जनता र प्रतिनिधिलाई नसोधी सीधै सरकारले जे मन लाग्यो त्यहि गर्ने भएकाले विदेशीको ईसारामा चलेको संयुक्त मोर्चाले नेपालको अस्तित्व समाप्त गर्ने षडयन्त्र भएकाले संसद अवरोध गरेको बताए । माओवादी केन्द्र र काँग्रेसको सरकारले आफुहरुले एकै पटक स्थानीय तहको निर्वाचन गर्नु पर्छ भनेको भए पनि सहमत नभएको उनको भनाई रहेको छ । 

सरकार परिवर्तन गठबन्धन पार्टीको भएकाले प्रधानमन्त्री फेर्ने कुरामा आफ्नो कुनै आपत्ति नभएको तर दुई चरणमा हुने निर्वाचन पहिलो चरणको चुनाव एक प्रधानमन्त्री र दोस्रो चरणको चुनाव अर्को प्रधानमन्त्रीले गर्नु हास्यासपद कुरा भएको टिप्पणी गरे । 

बेला बेलामा चुनावको मिति परिर्वतन गरेको भन्दै नेता रावलले बर्तमान सरकारले किसानको हित विपरित काम गरेको समेत जिकिर गरे । असारमा रोपाईको सिजनमा चुनाव गर्नु किसानहरुको अधिकार विपरित भएको बताउँदै चुनावको मिती सार्नसम्म अझै यस सरकारले बेर नलगाउनेमा विस्वस्त नभएको समेत बताए । पहिलो चरणको चुनावको नतिजाबाट सरकार डराएको भन्दै रावलले चुनाव हार्ने डरले बुथ कब्जा गर्ने, मतपेटिका फाल्ने र मतपत्र च्यात्ने गरेको भन्दै सरकारले राज्य शक्तिको दुरुपयोग गरेको आरोप समेत लगाए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ