arrow

ललितपुरका मेयर चिरिबाबुको जीत विरुद्धको रिटमा कारण देखाउ आदेश

logo
प्रकाशित २०७४ जेठ १९ शुक्रबार
high-court-patan.jpeg

काठमाडौं । ललितपुर महानगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी भएको छ । शुक्रबार उच्च अदालत पाटनका न्यायधीश किशोर सिलवालको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेका हुन् । 

महानगरको मेयर पदमा मतगणना गर्दा आफूलाई बदनियत पूर्वक हराईएको र पटकपटक आफूले मतगणनाकै क्रममा दिएको निवेदनको समेत सुनुवाई नभएको भन्दै बुधबार मेयरका प्रतिस्पर्धी व्यञ्जनकारले रिट दर्ता गराएका थिए । 

उनले गणना कार्यमा संलग्न कर्मचारीले धाँधली गरी कम्प्युटर इन्ट्रीको समयमा मत हेरफेर गरेको विषयमा रुजुसम्म गर्न नदिएको र आफ्ना गणना प्रतिनिधिहरुलाई मुचुल्कामा हस्ताक्षरसमेत नगराई एकलौटी रुपमा मतगणना गरेको लगायतका विषय किटानी गरी मुद्दा दायर गरेका थिए। उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय लगायतलार्इ विपक्षी बनाएका छन् । 

महानगरको वडा नं १,२,४,९ र २६ को गणनामा विवाद भएको र आफनो सहमति बेगर आयोगका कर्मचारीले पेलेर जाने नीति लिएर आफूलाई अन्यायमा पारेको गुनासो गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ