arrow

बल्ल पायो विराटनगर विमानस्थलले योग्यताको प्रमाणपत्र

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ जेठ १९ शुक्रबार
biratnagr_airpot.jpg

विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछि काठमाडाैँ बाहिर विराटनगर विमानस्थलले पहिलो पटक विमास्थल प्रमाणीकरण प्रमाणपत्र लिएको छ ।

विराटनगर विमानस्थलले प्रमाणीकरण लिनका लागि सवै प्रक्रिया पुरा गरेपछि नागरिक उड्यन प्राधिकरणको प्रधान कार्यालयले विराटनगर विमानस्थलाई प्रमाणीकरण प्रमाणपत्र प्रदान गरेको हो ।
 
नागरिक उड्यन प्राधिकरण ऐन २०५३ र एयरपोर्ट  सर्टिफिकेट रेगुलेसन–२०६१ अनुसार विराटनगर विमानस्थलाई प्रमाणीकरण सर्टिफिकेट प्रदान गरिएको नागरिक उड्यन कार्यालय विराटनगरका प्रबन्धक सन्तोष ढकालले बताए ।

मापदण्ड अनुसार सबै प्रक्रिया पुरा गरेपछी प्रमाणीकरणका लागि केन्द्रमा निवेदन दर्ता गरेको थियो । विमास्थलको सेवा सुविधा,, सुरक्षित सर्भिस, विमानस्थलको व्यवस्थापन तथा सुरक्षाको मापदण्डको आधारमा विमानस्थल प्रमाणिकरण प्रदान गरिन्छ ।

विराटनगर विमानस्थल २५ वर्ष देखि कञ्चनवारीमा संचालनमा आएको हो । त्यसअघि विराटनगर विमानस्थल अहिलेको डिग्रि कलेज छेउमा थियो । विराटनगरमा बढ्दो जनशंख्याको चापलाई मध्यनजर गर्दै विमानस्थल कञ्चनवारीमा नयाँ निर्माणगरी संचालनमा ल्याएको हो ।

विराटनगर विमानस्थलले प्रमाणिकरण प्रमाणपत्र पाउँदैमा अहिलेनै अर्न्तराष्ट्रिय विमानस्थलका लागि उपयुक्त भने नभएको  ढकालको भनाई छ  । उनले अन्तर्राष्ट्रिय विमानस्थलका लागि ठूलठूला जेट विमानसंचालनमा आउने  भएकाले रनवे लगायत सम्पूर्ण विमानस्थल विस्तार गर्नु आवश्य रहेको बताए ।
 
विराटनगर विमानस्थलमा  अझैपनि ८६ वटा सुधार आवश्यक छ । केही सुधार गर्नु पर्ने कुरा अझै रहेपनि विराटनगर विमानस्थलको हकमा भने प्रमाणीकरणले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बटो खोलिदिएको छ । प्रमाणीकरणले अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरेको छ ।  अन्तर्राष्ट्रिय हवाइ सुरक्षा नियमअनुसार ३० जना यात्रु बोक्न सक्ने जहाज उड्ने विमानस्थललाई प्रमाणीकरण गर्नु पर्ने प्रावधान छ ।

झण्डै २० वर्षअघि विराटनगर विमानस्थलबाट नकोन एयरले विराटनगर कोलकाता उडान भरेको थियो । यसरी विमानस्थलको प्रमाणीकरणले अन्तार्राष्ट्रिय विमान स्थलका लागी बाटो खोली दिएकाले त्यसका लागि सबैको पहल आवश्यक छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ