arrow

आयरल्यान्डको प्रधानमन्त्रीमा समलिंगी, भारतीय मुलका डाक्टरका छोरा 

logo
प्रकाशित २०७४ जेठ २० शनिबार
gay-pm-ireland.jpg

काठमाडौं । आयरल्यान्डले पहिलो पटक समलिंगी प्रधानमन्त्री पाउने भएको छ । ३८ वर्षका समलिंगी नेता लियो भाराड्कार प्रधानमन्त्री बन्ने भएका हुन् ।

भाराड्कार रिपब्लिक अफ आयरल्याण्डको सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो पार्टी फाइन गेलको नेता चुनिएसँगै नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।

सन् १९९० को दशकसम्म समलैंगिकता र सम्बन्ध विच्छेद गैरकानुनी रहेको देशको उनी पहिलो समलिंगी प्रधानमन्त्री बन्न लागेका हुन् ।

उनी आइरिस नर्स र भारतीय मूलका डाक्टरका छोरा हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ