arrow

सिन्धुलीका नौवटै तहमा कार्यपालिका: एमाले, काँग्रेस र माओवादी केन्द्रको मिश्रित परिणाम

logo
प्रकाशित २०७४ जेठ २० शनिबार
sindhuli.png

सिन्धुली । सिन्धुलीका नौ तहमध्ये तीन तहमा सहमति र चार तहमा निर्वाचन प्रक्रियाबाट कार्यपालिका गठन भएको छ । 

शुक्रबार भएको निर्वाचन प्रक्रियाबाट सात गाउँपालिका र दुई नगरपालीकामा कार्यपालिकाले पूर्णता पाएको छ । कमलामाई नगरपालिकामा एमालेको स्पष्ट बहुमत पुगे पनि काँग्रेससँग सहकार्य गरेर कार्यपालिका गठन गरिएको छ । 

काँग्रेसका महिला सदस्य कुन्ता ढकाल एमालेका पदमकुमारी बस्नेत, शिवमाया रायमाझी, सुनिता सार्की र रुद्रकुमारी कार्की तथा दलित एवं अल्पसङ्ख्यक सदस्यमा केशर नेपाली, नवीन विश्वकर्मा र झेउला अधिकारी दनुवार सर्वसम्मत भएका छन् । 

दूधौली नगरपालिकामा नगर कार्यपालिका गठन भएको छ । शुक्रबार भएको निर्वाचन प्रक्रियाबाट एमाले र माओवादी केन्द्र विजयी भएका छन् । 

तीन दलित र अल्पसङ्ख्यक तथा पाँच महिला सदस्यका लागि भएको निर्वाचनमा एमाले र माओवादी केन्द्र विजयी भएको निर्वाचन अधिकृत नुरहरि खतिवडाले जानकारी दिए । 

निर्वाचित हुनेमा दलित तथा अल्पसङ्ख्यकमा एमालेबाट दिल्लीबहादुर भुजेल र भीमबहादुर सार्की तथा माओवादी केन्द्रबाट सम्झना अधिकारी विजयी भए । 

त्यसैगरी महिला सदस्यमा एमालेका तर्फबाट गुमासरी राइनी र ओमकुमारी ठकुरी तथा माओवादी केन्द्रबाट कमला विश्वकर्मा, गङ्गा अधिकारी र फूलमाया विश्वकर्मा निर्वाचित भएको निर्वाचन अधिकृत खतिवडाले जानकारी दिए । 

तीनपाटन गाउँकार्यपालिकामा दलित तथा अल्पसङ्ख्यक सदस्य र महिला सदस्यमा एमाले विजयी भएको छ । 

दलितबाट जगदीश तोलाङ्गी र टेकबहादुर परियार तथा महिला सदस्यमा दूधकुमारी ठकुरी, देवकी श्रेष्ठ, भगवती थापा, गीता मगर निर्वाचित भए । 

फिकल गाउँकार्यपालिकाका लागि शुक्रबार भएको निर्वाचनमा एमालेको प्यानल नै विजयी भएको निर्वाचन अधिकृत नारायणबहादुर थापाले जानकारी दिए । 

महिला सदस्यतर्फ टेकमाया बुढा क्षेत्री, पूर्णमाया थापा मगर, फणीन्द्रकुमारी पौडेल र विष्णुकुमारी बराल घिमिरे निर्वाचित भए । 

दलित र अल्पसङ्ख्यकतर्फ एमालेकै चेतबहादुर विश्वकर्मा र खड्गबहादुर सुनुवार विजयी भए । 

सुनकोसी गाउँपालिकामा पनि कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ । प्रमुख दलबीच सहमति हुन नसकेपछि शुक्रबार निर्वाचन गरिएको हो । 

सुनकोसीमा काँग्रेस र एमालेले बराबरी जित हासिल गरेका छन् । महिला सदस्यमा काँग्रेसका महिमा भुजेल र सम्झना कोइराला तथा एमालेका अस्मिता राई र कृष्णमाया न्यौपाने निर्वाचित भए ।

यस्तै दलित र अल्पसङ्ख्यकबाट काँग्रेसका सन्तोष विश्वकर्मा र एमालेका सम्बरबहादुर माझी विजयी भए । 

मरिण गाउँपालिकामा स्थानीय तहको निर्वाचनबाट नै सबै माओवादी केन्द्रले विजयी प्राप्त गरेपछि कार्यपालिकामा पनि माओवादी केन्द्रका नै सर्वसम्मत भएका छन् । 

कार्यपालिकामा माओवादी केन्द्रका महिला सदस्यमा इसराठाडा मगर, दीपा माझी, पञ्चमाया थिङ र सीता बराइली सर्वसम्मत तथा दलित तथा अल्पसङ्ख्यक सदस्यमा बुद्धिमान माझी र हस्तबहादुर कामी सर्वसम्मत भएको निर्वाचन अधिकृत यज्ञबहादुर खत्रीले जानकारी दिए । 

घ्याङ्लेक गाउँपालिकामा काँग्रेसको बहुमत भएकाले कार्यपालिकामा सबै काँग्रेसका सर्वसम्मत भएका छन् । 

महिला सदस्यमा जानुका थापा मगर, जेसुन्दरीमाया वाइवा, यमकुमारी दमाईं र सुनमाया थिङ सर्वसमत भए । 

दलित अल्पसङ्ख्यक सदस्यमा गङ्गामाया विश्वकर्मा र हिमालीमाया विश्वकर्मा सर्वसम्मत भएको निर्वाचन अधिकृत गङ्गाधर पौडेलले जानकारी दिए । 

गोलन्जोर गाउँपालिकामा काँग्रेसका तर्फबाट दलित अल्पसङ्ख्यक सदस्यमा भक्तबहादुर भुजेल र रणबहादुर सार्की चयन भए । 

महिला सदस्यमा काँग्रेसकै सावित्रा तामाङ, जमुना कोइराला, कुमारीमाया थापा मगर र इन्द्रकमारी हायु निर्वाचित भएको सहायक निर्वाचन अधिकृत विनोदबाबु खकुरालले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ