arrow

भरतपुरमा पुनःमतदान गर्ने आयोगको निर्णय दुर्भाग्यपूर्ण : ओली

कडा प्रतिवाद गर्ने, सदन खुल्न नदिने

logo
प्रकाशित २०७४ जेठ २० शनिबार
KP-oli-naya-news.jpeg

काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गर्ने भनि गरेको निर्णयलाई एमालेले दुर्भाग्यपूर्ण भनेको छ ।

एमाले अध्यक्ष केपी ओलीले निर्वाचन आयोगको निर्णयपछि प्रतिक्रिया दिँदै निर्णय दुर्भाग्यपूर्ण भनेका हुन् । ओलीले भने, ‘यो दुर्भाग्यपूर्ण निर्णय हो । विधिको शासनविरुद्ध हो ।’ संसदको अवरोध खोल्न के गर्ने भन्ने सन्दर्भमा कुरा भइरहेकै बेला आयोगको निर्णय आउनु दुर्भाग्य भएको ओलीको भनाई छ ।

प्रधानमन्त्री निर्वाचनको बारेमा छलफल गर्न बसेको बैठकबीच ओलीले पुनः निर्वाचन गराउने निर्णय आफुहरुलाई मान्य नहुने बताए । एमालेले आयोगको निर्णयको अस्वीकार गर्दै प्रतिवाद गर्ने निर्णय गरेको छ । एमालेले संसदको जारी अवरोधलाई अझ सशक्त पार्ने जनाएको छ । यसअघि एमालेले पुन:मतदानकाे निर्णय भए अाफै विजय भएकाे घाेषणा गर्ने घुर्की लगाएकाे थियाे ।

शनिबार बसेको  आयोगको बैठकले पुनःमतदान गर्ने निर्णय गरेको हो । जेठ १४ गतेदेखि मतपत्र च्यातिएको विषयमा विवाद हुँदा मतगणना नै रोकिएको थियो । अब मतपत्र च्यातिएको वडामामात्रै पुनः मतदान गर्ने निर्णय भएको हो ।

आयोगले शनिबार जारी गरेको विज्ञप्तीमा ‘भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको अवस्थामा  १९ नम्बर वडाकाे मतगणना भइहेका बेला मतगणना स्थलमा उपस्थित उम्मेदवारका प्रतिनिधिहरू मध्ये केहिले मतगणना स्थलमा प्रवेश गरी गणना भएका र नभएका गरी सयौं मतपत्र च्यात्ने काम गरी मतगणना स्थल रणभूमितुल्य बनाई असामान्य अवस्था सिर्जना भएकोले काबु बाहिरको परिस्थिति परी तत्काल मतगणना कार्य स्थगन राखी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४९ र ५० बमोजिम प्रतिवेदन पेश गरेको व्यहोरा जानकारी गराउँदै भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतले  २०७४ जेठ १५ मा पत्र पठाएको’ उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ