arrow

पिकनिक खान गएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु

logo
प्रकाशित २०७४ जेठ २१ आइतबार
accident-final.jpeg

रत्ननगर । चितवनको माडीमा पिकनिक खान गएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । 

शनिबार साथीहरुसँग पिकनिक खान गएका माडी नगरपालिका–६ रामराज्यपुरका १२ वर्षीया दीपशिखा परियार र सात वर्षीया दीपिका सुनारको पानीमा डुबेर मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार पानीमा डुबेर गम्भीर बनेका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । 

दिनेश परियारकी छोरी दीपशिखा र दुर्गा सुनारकी छोरी दीपिका साथीहरुसँग पिकनिक खान गएका थिए । 

सो क्रममा नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा उनीहरु डुबेको प्रहरीले जनाएको छ । 

डुबेर बेहोस अवस्थामा उद्धार गरिएका उनीहरुमध्ये दीपिकाको चितवन मेडिकल कलेजमा र दीपशिखाको स्थानीय मेडिकलमा उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । 
उनीहरुको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ