arrow

काभ्रेको पाँचखालमा बस दुर्घटना, ३८ जना घाइते

logo
प्रकाशित २०७४ जेठ २१ आइतबार
accident-final.jpeg

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आइतबार बिहान एउटा बस सडकबाट झन्डै २० मिटर तल खस्दा ३८ जना घाइते भएका छन्। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

काठमाडौँबाट यात्रु लिएर जिल्लाको कार्तिके देउराली जाँदै गरेको बा२ख ६४४१ नंको बस अनियन्त्रित भएर अरनिको राजमार्ग सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । घाइते भएका अधिकांशको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । 

गाडीका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । सो गाडीमा करिब ४५ जना यात्रु सवार थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ