arrow

भरतपुर घटनामा आयोगको निर्णय उपयुक्तः मन्त्री नायक

logo
प्रकाशित २०७४ जेठ २१ आइतबार
nayak-ajaya.jpeg

भक्तपुर। कानूनमन्त्री अजयशंकर नायकले भरतपुर घटनाका बिषयमा निर्वाचन आयोगले गरेको निर्णय नै उपयुक्त भएको  बताएका छन्। रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री नायकले स्वतन्त्र र अधिकार प्रत्याभुत गरिएको निर्वाचन आयोगमाथि नै हस्तक्षेप गर्दै प्रतिपक्ष दल एमालेले संसद अबरुद्ध लगायतका गतिविधी अघि बढाउनु सकारात्मक नभएको बताए। 

उनले एमालेले पनि आयोगको निर्णय स्वीकानु पर्ने धारणा राखे।उनले विगतमा पनि एमालेका कार्यकर्ताले मतपत्र च्यात्दा पुन मतदान गरिएका उदाहरण भएकोले अहिले निर्वाचनमा पनि फेरी मतदान गर्दा कुनै शंका गर्न नहुँने बताउँदै एमालेले गरेको विरोध अर्थहिन भएको दाबी गेरे।

मन्त्री नायकले आयोगले निर्णय गरी सकेको भरतपुरको घटनालाई लिएर नयाँ बुहमतिय सरकार गठनका बिषयमा एमालेले संसद अबरुद्ध गर्नु र प्रधानमन्त्री चयन प्रक्रिया प्रभावीत बनाउन खोज्नु ठिक नभएको बताए। आयोगले गरेको निर्णय सबैले मान्नै पर्छ उनले भने एमालेले पनि नमान्ने भन्ने हुँदैन् यो बिषयमा एमालेको सोचमा परिवतन आउन जरुरी छ। 

प्रतिपक्ष दल एमालेले यसरी नै संसद अबरुद्ध गर्ने हो र प्रधानमन्त्री चयनमा ढिलाई हुने हो भने दोस्रो चरणको स्थानीय तहको निर्वाचन समेत प्रभावित हुने मन्त्री नायकले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ