arrow

संसद बैठक ३ बजेसम्मका लागि स्थगित

logo
प्रकाशित २०७४ जेठ २१ आइतबार
samsad.jpg.jpeg

काठमाडौं । नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचनको समय आइतबार बिहान ११ बजे तोकिएको भए पनि सहमतिका लागि भन्दै संसद बैठक ३ बजेसम्मका लागि स्थगित गरिएको छ । 

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार सहमति गर्नका लागि भन्दै सभामुख ओनसरी घर्तीले संसद बैठक ३ बजेसम्मका लागि सारेकी हुन् । 

एमालेले संसद चल्न नदिने अडान राखेपछि प्रधानमन्त्रीको निर्वाचन अलपत्र परेको हो । 

मुलुकको ४० औं प्रधानमन्त्रीका लागि शेरबहादुर देउवा एक्ला उम्मेदवार भए पनि भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनःमतदान गर्नुपर्ने निर्वाचन आयोगको निर्णयलाई नमान्ने भन्दै एमालेले संसद बैठक अवरुद्ध गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ