arrow

जुडि भाइरसबाट ४ करोड एन्ड्रोइड फोन प्रभावित, बग पत्ता लगाए गुगलले २ लाख डलर दिने

logo
प्रकाशित २०७४ जेठ २१ आइतबार
software-bug.jpg

एजेन्सी । जुडि नाम गरेको मालवेयर भाइरसबाट ३.६५ करोड  एन्ड्रोइड फोन प्रभावित भएका छन् । फोनमा आएको समस्यालाई मध्य नजर गर्दै गुगलले  एन्ड्रोइड ओएसमा बग (समस्या रहेको ठाँउ) पत्ता लगाउनेलाई दिइने रकम बढाएर २ लाख डलर पुर्‍याउने घोषणा गरेको  छ ।  साइबर सुरक्षा फर्म चेक प्वाइन्टका अनुसार , प्ले स्टोरबाट दर्जनौ  मालवेयर एप ४५ लाख देखि १. ८५ करोड पटक डाउनलोड गरिएको छ ।

 यी मघ्येका केहि मालवेयर एप कयौ बर्ष देखि प्ले स्टोरमा रहेका थिए । प्रौद्योगिको वेबसाइट एक्सट्रीमटेक डट कमको रिपोर्ट  अनुसार मोबाइलमा मालवेयर र सुरक्षा उल्लंघनको धेरै समस्यहरु पुरानो ओएस भएको फोनमा पाइएको छ ।  एन्ड्रोइडको नयाँ संस्करण सुरक्षित रहेको छ ,  खतरा ती अपरेटिङ सिस्टममा रहेका छन् जुन गुगलले केहि बर्ष अगाडि बनाएको थियो । त्यसैले अहिलेसम्म कसैले  गुगलको नयाँ  एन्ड्रोइडमा कुनै बग पत्ता लगाउन सकेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ