arrow

नयाँवर्षमा रमाए युएईका नेपाली

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
5.jpg.jpeg
 मानबहादुर के.सी. 'मुस्कान', युएई । नेपाली कलाकार समुह यूएई र गैर आवासीय नेपाली संघ फुजैराह क्षेत्रीय समितिको सयुक्त आयोजनामा अंग्रेजी नयाँ बर्षको शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम गरिएको छ । नेपाली कलाकार समुह यूएईका अध्यक्ष बिष्णु अधिकारीको सभापतित्व तथा एनआरएनए यूएईका अध्यक्ष सुदिप कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा बिशेष अतिथी फुजैराह क्षेत्रीय समितीका कार्यबाहक अध्यक्ष सागर लुइँटेल, ईण्डियन सोसियल कलब रासअल(खैमाका प्रेसिडेन्ट एम।डी। नुरुदिन, नेपाली कलाकार समुहका संरक्षक रतन थापा, लोक गायक पुरुशोत्तम पौडेल र आधुनिक गायिका अनु ढकाल थिए ।

कार्यक्रममा अन्य अतिथिहरुमा लाली गुराँस समुह फुजैराहका अध्यक्ष कृष्ण भट्ट, नेपाली कलाकार समुह दुबई क्षेत्रीय समितिका अध्यक्ष राम प्रशाद ढकाल, नेपाली कलाकार समुह डिब्बा क्षेत्रीय समितिका अध्यक्ष खेमराज ओली, समाजसेवी र ब्यबसायी तथा सिल्वर स्पुन होटेलकि सन्चालिका दिपा पाण्डे, नासिर लेडिज सैलुनकि सन्चालिका लक्ष्मी तामाङ, सुदूरपश्चिम सेवा समाज रासअल(खैमा क्षेत्रीय समितिका अध्यक्ष नारायण पन्त, रासअल(खैमा क्षेत्रीय समितीका अध्यक्ष राजेन्द्र रोस्यारा, पाल्पाली समाज फुजैराह क्षेत्रीय समितिका अध्यक्ष ईन्द्र घर्तिमगर, नेपाल पत्रकार महासंघ यूईएका कोशाध्यक्ष मेघराज सापकोटा, नेपाली कलाकार समुह सरजाह क्षेत्रीय समितिका अध्यक्ष पारस बि।क।, नेपाल मगर संघका अध्यक्ष देबशी राना मगर, अन्तराष्ट्रिय नेपाली कलाकार समाज रासअल(खैमा क्षेत्रीय समितिका उपाध्यक्ष केबिनजंग शाही, पत्रकार राम प्रशाद ढुँगेल, नेपाली कलाकार समुह सरजाह क्षेत्रीय समितिका उपाध्यक्ष बिष्णुकान्त घिमिरे उपस्थित रहको थियो ।

कार्यक्रममा प्रमुख अतिथी एनआरएनए यूएईका अध्यक्ष सुदिप कार्कीले दर्शकहरुको भिडले खचाखच भरिएको हल देखेर फुजैराहबाशी नेपालीहरुको एकता प्रती आफु धेरै खुशी भएको जिज्ञासा राख्दै समाजप्रति फुजैराहबाशी नेपालीहरुको योगदानको खुलेरै प्रशंसा गर्नुका साथै एनआरएनए बैदेशिक रोजगारीको शिलशिलामा कार्यरत यूएई बाशी नेपालीहरुका समस्यामा सधैं सहयोग गर्दै आएको र आउँदा दिनहरुमा पनि समस्या आई पर्दा समाधान गर्नुका लागि तत्पर रहने छ भन्ने भावना प्रकट गरे ।

ईण्डियन सोसियल कलब रासअल(खैमाका प्रेसिडेन्ट एम।डी। नुरुदिनले अङ्रेजीमा आफ्नो मन्तब्य राख्दै गैरकानुनी काम नगरि कानुनको दाँयारा भित्र रहेर काम गर्दागर्दै पनि केहि समस्या आई परेमा कानुनी कामका नेपालीहरुलाई आफु सधैं साथ दिनु तयार रहने जिज्ञासा राखे ।
कार्यक्रममा बोल्दै नेपाली कलाकार समुह यूईएका संरक्षक रतन थापाले यहि आउदो फेब्रुअरी ५ जाबेल पार्क दुबईमा बनभोज एबम् खुल्ला दोहोरी घम्सा घसी र नेपाली नयाँ बर्षमा भब्य सान्स्कृतिक कार्यक्रम गर्ने बताए ।

कार्यक्रममा नेपालबाट आएका लोकदोहोरी गायक पुरुशोत्तम पौडेलले र आधुनिक गायिका अनु ढकालले स्टेज थकाउदै गाएर दर्शकहरुलाई भरपुर मनोरन्जन दिदै नाच्न वाध्य बनाए बाल कलाकार प्रतिक्षा शर्माले नृत्य प्रस्तुत गर्दा उपस्थित दर्शकहरु त्यसै चुप लागेर बस्न सकेनन् पुरै हल सिटी र तालीले गुन्जिएको थियो ।

अन्य कलाकारहरुमा अर्जुन न्यौपाने, अम्मर सुनार, अमित अक्षुत, बिष्णु गिरी, के।पी। लामगाडे, रमेश राज थापा, प्रकाश खत्री, कल्पना थापा, राम सापकोटा को गायन प्रस्तुती रहेको थियो तथा सुरज बिबश गैर्हेले गजल बाचन, त्यसैगरी नृत्यमा शिव क्षेत्री, दिपक गुरुङ, नरेश भाट, उत्तम तमाङ, रेनु रिजाल, माया बस्नेत, श्रीजना जिरेल, सुनिता लामगाडेले कम्मर मर्काउदै सबैलाई छमछमी नचाएका थिए । कार्यक्रममा प्लास्टिक एनिमियको बिरामी सुजना गोले लाईसहयोगको अपिल गर्दा उपस्थितहरु बाट ३३५ धिराम सहयोग उठेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ