arrow

भरतपुरमा दुई वडाध्यक्षलाई सपथ नगराउन आदेश, काँग्रेस उम्मेदवारको रिट सुनुवाई

logo
प्रकाशित २०७४ जेठ २१ आइतबार
bharatpur-mahanagarpalika-metro-uml1.png

चितवन। भरतपुर महानगरपालिका ४ र ७ नम्बर वडाका वडाध्यक्षलाई सपथ ग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्न–नगराउन उच्च अदालत पाटन, हेटौडाले विपक्षीका नाममा आदेश दिएको छ ।

४ नम्बर वडामा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका उपेन्द्रराज सापकोटा सात मतअन्तरले पराजित भएका थिए भने ७ मा नेपाली काँग्रेसकै श्यामप्रसाद लामिछाने १४ मतअन्तरले पराजित भएका थिए ।

४ नम्बर वडामा एमाले उम्मेदवार हरिप्रसाद आचार्य र ७ नम्बरबाट एमालेकै पार्टीका राजेन्द्रमणि काफ्ले निर्वाचित भएका थिए । कम मतले पराजित भएका सापकोटा र लामिछानेले मतगणनामा त्रुटि भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई विपक्षी बनाई उच्च अदालत पाटनको हेटौँडा इजलासमा मुद्धा दायर गर्नु भएको थियो ।

ती दुवै मुद्धामाथि अदालतका न्यायाधीश बाबुराम रेग्मीको एकल इजलासले उच्च अदालत नियमावली, २०७३ को नियम ६१ बमोजिम  अन्तरकालीन आदेश जारी गरेको हो । आदेशमा विपक्षीबाट प्रतिउत्तर सरहको लिखित जवाफ परेपछि पुनः विचार हुने उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ