arrow

एनसेलले तिर्‍याे १३ अर्ब ६० करोड

logo
प्रकाशित २०७४ जेठ २१ आइतबार
ncell-axiate-company-logo.jpeg

काठमाडौं । दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई तिर्न बाँकी १३ अर्ब ६० करोड रुपैयाँ थप रकम दाखिला गरेको छ । आईतबार हरिहर भवनस्थित ठूला करदाता सेवा कार्यालयमा एनसेलले पुँजीगत लाभकरको तिर्न बाँकी सो रकम दाखिला गरेको ठूला करदाता सेवा कार्यालयले जनाएको छ ।  एनसेलले यसअघि ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ५ सय रुपैयाँ बुझाइसकेको थियो ।  

नेपालको कर व्यवस्थाअनुसार पूँजीगत लाभकर जम्मा २५ प्रतिशत लाग्छ। जसमध्ये बिक्रेताले १० प्रतिशत र बिक्री हुने कम्पनीले १५ प्रतिशत लाभकर तिर्नुपर्ने हुन्छ । गत वर्षको बुझाएको झण्डै १० अर्ब र अहिलेको १३ अर्ब ६० करोड गरेर एनसेलले आफ्नो दायित्वको १५ प्रतिशत चुक्ता गरेको हो। गत वर्ष पुस महिनामा टेलियाले एक्जियटालाई १ खर्ब ४३ अर्ब रुपैयाँमा एनसेलको ८० प्रतिशत सेयर बिक्री गरेको थियो।

अहिले एनसेलको सम्पूर्ण सेयरमध्ये एक्सियटाको ८० प्रतिशत र भावना श्रेष्ठको २ प्रतिशत हिस्सा रहेको छ। कानुनअनुसार विदेशी लगानी भएको कुनै पनि कम्पनीमा नेपाली नागरिकको कम्तिमा २० प्रतिशत सेयर हुनुपर्ने नियम छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ