arrow

महिलाले बजारे पाखुरी, तब बन्यो नमूनायोग्य सडक

logo
प्रकाशित २०७४ जेठ २२ सोमबार
magdy.png

बाबियाचौर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नांगीमा महिलाको सक्रियतामा सडक आयोजना निर्माण भएको छ । 

साविक राम्चे गाविसको १ र २ नम्बर मा पर्ने नांगी गाउँका महिलाले सिप र श्रम प्रयोग गरेर सडक स्तरवृद्धि गरेका हुन् ।

 फलामेडाँडा–नांगी–राम्चे सडक आयोजनाको भ¥याङबराह र झिमडाँडा क्षेत्रको सडक सोलीङ गर्ने काममा महिला परिचालन भएका उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण गर्बुजाले बताए । 

“चार सय २५ मिटर सडकमा ढुङ्गा बिछ्याएर सोलीङ गर्ने कार्यमा महिला खटिएका थिए” अध्यक्ष गर्बुजाले भने “डेढ सय जना महिलाले एक–एक दिन श्रमदान र पाँच÷पाँच दिन ज्यालामा काम गरेर सडकमा ढुङ्गा बिछ्याएका हुन् ।” 

उक्त योजनाका लागि जिल्ला समन्वय समितिले पाँच लाख र साविक गाविस कार्यालयले रु तीन लाख ५० हजार बजेट विनियोजन गरेको थियो । 

हिलोमा सवारीसाधन फस्ने समस्या भएको ठाउँमा ढुङ्गा बिछ्याएपछि सहज भएको छ । 

कच्ची सडकमा सवारीसाधन हिलोमा फस्ने समस्याले गर्दा आवतजावतमा कठिनाइ भएपछि गाउँका सबै महिला मिलेर सडक निर्माण गरेको उपभोक्ता समितिका सचिव माया पुनले बताइन् । 

बाहिरबाट मजदुर ल्याउँदा भनेको बेला काम नहुने, बजेट फिर्ता हुने र गुणस्तरीय काम नहुने भएपछि महिला अग्रसर भएका पुनले जानकारी दिए । 

उनीहरुले सुरु गरेको एक महिनाभन्दाअघि नै काम सम्पन्न गरेका छन् । आयोजनाबाट स्थानीयले रोजगारी समेत पाएका छन् । 

सडक निर्माणका क्रममा महिलालाई गाउँका पुरुषले पनि साथ दिएका थिए । 

पुरुष रोजगारीका लागि विदेश र सहरमा गएकाले नांगीमा सञ्चालन हुने खानेपानी, सडक, भवन निर्माणलगायतका योजनामा महिलाको सहभागिता बढी हुने गर्छ । 

अन्नपूर्ण–८ का वडा सचिव कृष्ण विश्वकर्माले नांगीका महिलाको सक्रियतामा सम्पन्न सडक आयोजना नमुनायोग्य भएको बताए 

गत वर्ष पनि फलामे डाँडा नांगी राम्चे सडक आयोजनाको काम महिलाकै सक्रियतामा भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ