arrow

खोटाङमा चितुवा आतङ्क

logo
प्रकाशित २०७४ जेठ २२ सोमबार
cheetah_05.jpeg

खोटाङ। जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने लिकुवापोखरीमा चितुवाले आतङ्क मच्याएको छ । चितुवाले खोटेहाङ गाउँपालिका–१ मा पर्ने लिकुवापोखरीमा अहिलेसम्म ३० वटाभन्दा बढी खसीबाख्रा मारिसकेको छ ।

जङ्गलबाट गाउँ पसेको चितुवाले चार दिनअघि एकैपटक स्थानीय टङ्क तिमल्सिनाको तीनवटा खसी मारेको स्थानीय पशु प्राविधिक दिपेश खड्काले जानकारी दिए । “स्थानीयवासी सनमान खड्काको यसअघि पटक–पटक गरेर १२ वटा खसीबाख्रा मारेको थियो ।” उनले भने– “राति खोरमा पसेर र दिउँसो चरनमा गएको समयमा चितुवाले अहिलेसम्म ३० वटाभन्दा बढी खसीबाख्रा मारिसकेको छ ।”

तीन महिनाअघिदेखि गाउँ पसेको चितुवाले दर्जन बढी खसीबाख्रा घाइते बनाएको स्थानीयवासीले बताएका छन् । गाउँमा पसेर चितुवाले धमाधम खसीबाख्रा मार्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् ।

गत वर्ष पनि गाउँमा चितुवा पसेर खसीबाख्रा, गाईगोरु मारेको स्थानीयवासीले बताएका छन् । यस वर्ष पनि सोही बाघ गाउँ पसेको स्थानीयवासीको अनुमान छ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ