arrow

नवलपरासीको कुल रकममध्ये ८०.८ प्रतिशत रकम खर्च

logo
प्रकाशित २०७४ जेठ २२ सोमबार
nawalparasi_map_new.png

नवलपरासी। नवलपरासी जिल्लामा आर्थिक वर्ष २०७३-७४ मा कुल बजेटमध्ये ८०.८ प्रतिशत रकम खर्च भएको छ । चालु आवको करिब ११ महिना बितिसक्दा नवलपरासीमा रहेको कुल बजेट ६ अर्ब ५९ करोड ४० लाख एक हजार ८७० रकममध्ये जम्मा ८० दशमलव ८ प्रतिशत रकम खर्च भएको हो ।

यसरी हेर्दा असारमा मात्रै २० प्रतिशत रकम खर्च हुनुपर्ने देखिन्छ । जिल्लामा रहेको कुल बजेटमध्ये चालुगत रकमतर्फ जम्मा ८६ दशमलव ७ प्रतिशत र पुँजीगत रकमतर्फ जम्मा ४६ दशमलव ३ प्रतिशत रकम खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यसबारे जानकारीका लागि सो कार्यालयमा डिजिटल डिस्प्ले प्राणाली समेत जडान गरिएको छ । डिजिटल डिस्प्लेले कार्यालयका विभिन्न गतिविधि सर्वसाधारणसमक्ष सजिलै पुर्‍याउन तथा कार्यालयको कामलाई पारदर्शी बनाउन सहयोग मिल्ने प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए ।

चालु आवमा जिल्लामा चालु खर्चतर्फ ५ अर्ब ६२ करोड ३९ लाख ५९ हजार ८५० अख्तियारी रहेकामा ४ अर्ब ८८ करोड १२ लाख ८७ हजार २९१ खर्च भएको छ, जुन जम्मा ८६ दशमलव ६ प्रतिशत खर्च देखिएको हो ।

यस्तै पुँजीगततर्फ  ९७ करोड ४२ हजार २० अख्तियारी रहेकामा जम्मा  ४५ करोड २२ हजार १४२ खर्च भएको कार्यालयका प्रमुख महेन्द्र भण्डारीले बताए । उनका अनुसार पुँजीगततर्फ जेठ २० गतेसम्म जम्मा ४६ दशमलव ३ प्रतिशत खर्च भएको छ । यस्तै कार्यालय सञ्चालन कोषतर्फ मौज्दात आम्दानी ३९ करोड १८ लाख ४४ हजार २६८ रहेको जनाइएको छ ।

यसैबीच जिल्लामा यस आवमा  ८८ करोड ८९ लाख ४५ हजार २७८ राजस्व उठेको बताइएको छ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ