arrow

स्याङ्जाका ८० मासु व्यवसायीलाई एप्रोन र माक्स वितरण

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ जेठ २२ सोमबार
syangja-masu.png

 स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका भित्र रहेका मासु व्यवसायीहरुलाई एप्रोन र माक्स वितरण गरिएको छ । वालिङ मासु व्यवसायी संघको पहलमा नगर भित्र रहेका व्यवसायीलाई उक्त सामाग्री वितरण गरिएको हो । व्यवसायी र उपभोक्तालाई स्वास्थ्य रहन र रोग सर्नबाट बचाउन यो अभियान थालनी गरिएको वालिङ मासु व्यवसायी संघका अध्यक्ष खेमराज गौडेलले बताए ।

करिव ७० देखि ८० जना सम्म मासु व्यवसायी वालिङमा रहेका छन् । सबै व्यवसायीलाई वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले एप्रोन र माक्स वितरण गरेका हुन् । मासु व्यवसाय अत्यन्तै संवेदनशील पेशा भएकाले व्यवसायी र उपभोक्ता विच स्वास्थ्य रहन यो सामाग्रीले केही हद सम्म सहयोग गर्ने संघका अध्यक्ष पौडेलले बताए ।

व्यवसायमा एकता रुप दिनका लागि पनि यो उपयोगी सामाग्री हो संघका अध्यक्ष पौडेलले भने,“व्यवसायी स्वास्थ्य रहे उपभोक्ता पनि स्वास्थ्य रहन सक्छन् ।” उपभोक्तलाई स्वास्थ्यकर मासु खुवाउन पौडेलले व्यवसायीहरुलाई आग्रह गरे । खाने मासुलाई स्वास्थ्यकर र व्यवस्थीत पसलका लागि वितरण गरिएको सामाग्रीले थप मदत गर्ने पशु सेवा कार्यालय वालिङका पशु प्राविधिक हुमनारायण श्रेष्ठले बताए । सरकारले व्यवस्थित मासु पसल बनाउन अनुदान दिने गरेकोले यो बर्ष वालिङका ७ ओटा मासु व्यवसायीलाई अनुदान वितरण गर्ने योजना रहेको श्रेष्ठले बताए ।

सरकारी अनुदानका लागि मासु पसल मापदण्ड अनुसार हुनुपर्ने पशु सेवा कार्यालयको भनाई छ । मासु व्यवसायीलाई स्वास्थ्यकर मासु विक्रिका लागि बेला बेलामा सचेतना सहित तालिमको व्यवस्था हुनुपर्ने मासु व्यवसायी संघका अध्यक्ष गौडेलको भनाई छ । व्यवसायीको मात्रै भरमा नपरी सरकारी निकायबाट पनि सुझाव र राहतको खाँचो रहेको मासु व्यवसायीहरुको भनाई छ । मासु व्यवसायीलाई वितरण गरिको एप्रोन र माक्स वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष पौडेलले सौजन्य गरेका हुन । यो सामाग्री वितरण पछि मासु व्यवसायीमा एकता र स्वास्थ्यकर मासु विक्रि वितरण हुने विश्वास उपभोक्ताको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ