arrow

जथाभावी बाटो काट्नेलाई जरिवाना गर्ने अभियान जारी, ट्राफिक प्रहरीमाथिको आक्रोश सेलाउँदै

logo
यमुना भण्डारी,
प्रकाशित २०७४ जेठ २२ सोमबार
traffice_news.jpg

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सवारी दुर्घटना कम गर्न भन्दै नयाँ नियम लागू गरेको छ । जेठ १६ गतेबाट ट्राफिक प्रहरीले जथाभावी बाटो काट्नेलाई २०० सय रुपिँया जरिवाना गर्ने नयाँ नियम लागू गरेको हो ।

जथाभावी बाटो काट्ने पैदल यात्रुका कारण हुने सवारी दुर्घटनामा उपत्यकामै ४० प्रतिशत यात्रुको मृत्यु हुने गरेको भन्दै दुर्घटना न्यूनिकरण गर्न भन्दै आफुहरुले यो अभियान चलाएको ट्राफिक प्रहरी महाशाखा प्रमुख एवं डिआइजी मिङमार लामाले बताए ।

डिआइजी लामाका आनुसार यो अभियानले दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने छ । अहिले बाटोमा ट्राफिक प्रहरी र स्वयंसेवकको सक्रियता बढेको छ । उनीहरुले जथाभावी बाटो काट्नेलाई २०० सय रुपिँया जरिवाना गर्ने गरेका छन् ।

साथमा पैसा नहुनेलाई ३ घण्टाको सचेतना कक्षा दिइने गरिएको छ । ट्राफिक प्रहरीले सुरु गरेको अभियानबारे भने मिश्रित प्रतिक्रिया आएका छन् ।

बाटोमा २०० सय रुपिँया जरिवानमा तिर्नु परेको र ३ घण्टा क्लासमा बस्नु परेकामा धेरैलाई ट्राफिक प्रहरीको अभियानप्रति असन्तोष छ । कतियले तत्काल प्रतिक्रिया जनाएर ट्राफिक प्रहरीले अनावश्यक दुःख दिएको भन्दै आक्रोस समेत खन्याउँछन् ।

कतिपयले आफुहरुलाई अनावश्यक दुःख मात्र नभई आफुहरुसँग भएको दुई रुपिँया दाम समेत ट्राफिकले लुटेको भनेका छन् । यद्यपि, केहीले सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले थालेको अभियान निकै प्रभावकारी हुने र आफुहरुको सुरक्षाका लागि भएको बताएका छन् ।

बानेश्वर चोकैमा भेटिएका विजय भक्त श्रेष्ठ भन्छन्, ‘अब यो नियमलाई खै कस्तो लाग्छ भन्नु नि ! सरकारले नीति नियम बनाउँछ । राम्रो व्यवस्थापन गर्न सक्दैन ।’ काँडाघारीबाट आएको बताउने उनले भने, ‘यो केही हदसम्म राम्रो होला तर पूरै राम्रो भने होईन । सरकारले नियम बनायो तर, उचित व्यवस्थापन गरेको छैन । जेब्रा क्रसिङ् खोइत । देखिदैन खोज्नु पर्छ । जेब्रा क्रसिङ्, आकासे पुल भएपनि पायक पर्ने ठाउँमा हुँदैन । वृद्धवृद्धा उक्लिन सक्ने हुँदैन । १ किलो मिटर ढाटा हुन्छ ।’ श्रेष्ठले थपे,  ‘मान्छे हतारमा हुन्छन् । तेत्रो हिड्ने साहस कस्ले गर्छ र ? भएको जेब्रा क्रिसङ् पनि मेटिइसकेको छ । मेटिएको ठाउँमा कहाँनेरबाट जेब्रा क्रसिङ छ  ठम्याउनै सकिँदैन ।’

जथाभावी बाटो काट्दा पैदल यात्रुसहित सवारीमा भएका यात्रुको अकालमै मृत्यु हुने कुरामा भने श्रेष्ठ सचेत छन् । यसबारे उनले भने, ‘दुर्घटना घट्छ भन्ने थाहा छ । तर, सबैले काट्छन् । बाटो काट्नु रहर होईन बाध्यता हो । जेब्रा क्रसिङ् छोपिने गरेर चालकले अगाडि ड्याम्म गाडीहरु रोकिदिन्छन् । तिनीहरुको लागि नियम खोईत ? सास्ती हामीले खेप्नु पर्छ ।’

गुनासो सुनाउँदै श्रेष्ठले अगाडि भने, ‘जेब्रा क्रसिङ् र आकाशे पुलको राम्रो व्यवस्था नभएर हामी जथाभावी बाटो काट्न बाध्य छौँ ।’ ट्राफिक लाइटहरु खै कहाँ गए । भएका प्रविधिहरु किन टिकाउ हुँदैनन्, –श्रेष्ठले प्रतिप्रश्न गरे ।

उनले भनेका छन्, ‘हामी त टाढा भएपनि आकाश पुल र जेब्रा क्रसिङ्बाटै बाटो काटौँला बुढा–बुढी र साना–साना केटा–केटीलाई कति गारो हुन्छ ? टाढा–टाढा आकाशे पुल राखेको छ । फेरि सबै ठाउँमा आकाशे पुल पनि हुँदैन ।’

यस्तै, बानेश्वरमै भेटिएकी रुपा थापाले ट्राफिले चलाएको अभियान ठिकै छ, भनिन् । उनले अगाडि भनेकी छन्, ‘यो राम्रै हो । नियम लागू भएपछि हामीले पनि पालाना गर्नै पर्छ । हाम्रै लागि बनाइएको नियमको विरोध गर्नु त्यति राम्रो हुँदैन ।’ दुर्घटना भइसकेपछि पछुताउनु भन्दा समयमै सावधान भएको राम्रो हुन्छ ।
उनले भनिन्, ‘सानो सानो गल्तिले ठूला दुर्घटना हुन्छन् । यो नियम पालना गरेको खण्डमा त्यति धेरै दुर्घटना नहोलान् । र, धेरैले अकालमै मृत्यु वरण गर्नु पर्दैन जस्तो लाग्छ ।’ जरिवाना गरेको पनि हाम्रै आनीबानी सुधारर्न गरिएको जस्तो लाग्छ ।

यसैबीच, पैदल यात्रुले आफुहरुलाई सास्ती मात्रै दिएको र जेब्रा क्रसिङ प्रष्टसँग देखिने गरी नबनाएको गुनासो गरेपछि अहिले धमाधम उपत्यकाभर जेब्रा क्रसिङ बनाउने काम भइरहेको छ । यद्यपि, जेब्रा क्रसिङ प्रयोगबारे अझै जनचेतना आइसकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ