arrow

चार महिनादेखि अरबमै अल्झियो जयबहादुरको शव

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
Saudi.jpg.jpeg
साउदी (अरब)। रोजगारीका क्रममा साउदी अरबमा ज्यान गुमाएका एक नेपालीको शव चार महिना बढी बितिसक्दासम्म पनि स्वदेश पठाइएको छैन ।  कार्यस्थलमै दुर्घटनामा परी ज्यान गुमाएका स्याङ्जा, दरौ–१ काउलेका ३२ वर्षीय जयबहादुर रोकाको शव स्वदेश पठाउन ढिलाइ हुँदा साउदीको एक अस्पतालमा अलपत्र परेको छ । 

रोकाका परिवारले शव झिकाइदिन हारगुहार गरे पनि शव पठाउने प्रक्रियामा पहल हुन नसकेको बुझिएको छ । रोकाको शव स्वदेश पठाउने विषयमा पटक÷पटक दूतावासलाई आग्रह गरिए पनि पठाउन नसकिएको स्याङ्जाका लाल शर्मा पौडेलले बताए ।  ‘शव पठाइदिन अनुरोध गर्दा गर्दै साढे चार महिना बितिसक्यो, दूतावासले भइहाल्छ भन्छ, तर शव पठाउन सकिएको छैन, खोइ अझै कति समय लाग्ने हो’, पौडेलले दुःखेसो पोखे ।

साउदीको ‘अल टुरिफस्थित अल जोउफ’ सिमेन्ट कम्पनीमा क्याम्प सुपरभाइजरका रुपमा कार्यरत रोकाको ग्यास पाइप सफा गर्ने क्रममा दुर्घटनामा परी गत भदौ ३ गते कार्यस्थलमै मृत्यु भएको थियो ।  साउदीका लागि कावा राजदूत आनन्दप्रसाद शर्माले भने दूतावासले गर्नुपर्ने सबै प्रक्रिया पूरा गरिसकेको भए पनि यहाँका केही कानुनी प्रक्रिया र रोजगारदाता कम्पनीका कारण शव पठाउन ढिलाइ भएको बताए । रोकाको परिवारमा वृद्धा आमा, श्रीमती र एक नाबालक छोरा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ