arrow

एन्फा महिला लिग च्याम्पियनसिप : रौतहट र मोरङ सेमिफाइनलमा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ जेठ २२ सोमबार
anfa-mahila.png

स्याङ्जा । एन्फा महिला लिग च्याम्पियनसिप खेल स्याङ्जाको वालिङमा जारी प्रतियोगितामा रौतहट र मोरङ सेमिर्फानलमा भिड्ने भएका छन् । क्वाटर फाइनलमा रौतहट र सर्लाही विच भएको खेलमा रौतहटले सर्लाहीलाई शुन्यका विरुद्ध २ गोल गरेपछि सेमिफाइनलमा पुगेको हो । रौतहटका खेलाडी जर्सि नं. १० का रश्मीकुमारी घिसिङ्ले ५६ मिनेटमा पहिलो गोल गरेकि थिइन् । घिसिङ्ले सर्लाहीलाई ६२ मिनेटमा अर्को गोल गरेर रौतहटलाई सेमिफाइनलमा पुर्‍याएकी छन् ।

अर्को टिम मोरङ र नवलपरासी विच भएको क्वाटर फाइनलमा मोरङ्ले १ का विरुद्ध ४ गोल गरेर सेमिफाइनलमा पुगेको छ । मोरङ्का खेलाडी जर्सि नं. ७ की सरु लिम्वुले खेल शुरु भएको १५ मिनेटमा पहिलो गोल गरेकी थिइन् । पहिलो गोल सगै लिम्वुले ४ गोल नवलपरासीलाई गरेकी छन् भने पेनाल्टी मार्फत एक गोल गर्न सफल भएको नवलपरासीका हिना रानाले गरेकी हुन् । २४ गते मोरङ् र रौतहट विच सेमिफाइनल हुने छ ।

सेमिफाइनल बाट विजयी भएको टिम पाल्पामा फाइनल खेलमा सहभागी हुने छ । पाल्पामा हुने फाइनल खेल २६ गते हुने एन्फा स्याङ्जाका अध्यक्ष एलबी ज्वारचनले बताए । राष्ट्रिय महिला लिग फुटवल प्रतियोगिता स्याङजामा १६ गते देखि शुरु भएको थियो । १४ जिल्लाका खेलाडीको सहभागिता रहेको प्रतियोगिता स्याङ्जामा २४गते समापन हुने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ