arrow

पोखरामा गर्जिए राजेश हमाल

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
Rajesh-Hamal.jpg.jpeg
पोखरा । आगामी पौष २४ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘बागमती’को ट्रेलरमा महानायक राजेश हमालको एउटा चर्चित डायलग छ । फिल्मका खलपात्रसँग भिड्दै उनले ‘‘नेपाल पहिलेको नेपाल रहेन तर राजेश उही राजेश हो’ भन्दै फाइट खेलेका छन् । 

फिल्म नगरी पोखरामा आइतबार फिल्म युनिटले आयोजना गरेको पत्रकार सम्मेलनमा हमाल गर्जदै पत्रकारका अगाडि त्यही डाइलग दोहो¥याए । उनले फिल्म राम्रो बनेको र दर्शकले मन पराउनेमा पनि आफु आशावादी रहेको बताए । ‘निर्देशकले मलाई एउटा फरक भुमिकामा देखाउन खोज्नुभएको छ, आशा छ यसलाई दर्शकले मन पराउनेछन् ।’ उनले भने । 

फिल्मकी नायीका श्रेया कार्कीले अग्रज कलाकारहरुसँग काम गर्न पाउदा निकै खुसी लागेको बताइन् । फिल्ममा आफुलाइ दिएको भुमिकाप्रति न्याय गरेको उनको भनाइ छ । श्रेया बागमतीमार्फत नै रजतपटमा डेब्यु गर्दैछिन् । कार्यक्रममा बोल्दै फिल्मका निर्माता दिनेश दर्शनधारीले फिल्मलाई दर्शकले मन पराउनेमा आफु ढुक्क रहेको बताए । ‘फिल्म राम्रो बनेको छ’ उनले भने ‘दर्शकहरुले यो फिल्मलाई साथ दिनुहुनेछ भन्ने पुर्ण विश्वास छ ।’

आफ्नो फिल्मले नेपाली फिल्म उद्योगमा चलिरहेको ट्रेण्डलाई समेत बदल्ने उनको भनाई थियो । ‘प्राय नेपाली फिल्महरु बजेटदेखि लिएर हरेक कुरामा कम्प्रोमाइज गरेर बनाइरहेको जस्तो देखीन्छ, तर यस फिल्ममा कुनै कुराको कम्प्रोमाइज गरिएको छैन र यसले नेपाली फिल्मको स्तरीयतालाई बदल्ने छ’ उनले भने । जसका कारण फिल्म नेपालकै महंगो बनेको उनको दाबी छ । 

फिल्ममा राजेश हमाल, श्रेया कार्की बाहेक शिव श्रेष्ठ, रविकर घिमीरे लगायतको अभिनय रहेको छ । फिल्मलार्इ साउथ इण्डीयन फिल्ममा निर्देशक सन्नी केरलाले निर्देशन गरेका हुन् भने दिनेश दर्शनधारी र विजय सत्याल यसका निर्माता हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ