arrow

ओलीले भने–मधेससँग सम्झौता गर्ने, पालना नगर्ने र उल्लंघन गर्ने पार्टीको नाम काँग्रेस

प्रचण्डमाथि पनि प्रहार

logo
प्रकाशित २०७४ जेठ २३ मंगलबार
oli_ne.JPG

काठमाडौं । प्रमुख विपक्षी दल एमाले अध्यक्ष केपी ओलीले एमालेविरुद्ध गत प्रचार भइरहेको आरोप लगाएका छन् । व्यवस्थापिका संसद बैठकमा बोल्दै अध्यक्ष ओलीले मधेसका मुद्दालाई लिएर एमालेविरुद्ध गलत प्रचार भएको बताएका हुन् ।

ओलीले भने, ‘अहिलेसम्म मधेस केन्द्रीत दलसँग जति सम्झौता गरेको छ त्यो सबै काँग्रेसले गरेको हो । पालना नगरेको र उल्लंघन गरेको पनि काँग्रेसले नै  हो । अहिले होइन २०५० साल अघि बाटै काँग्रेसले मधेससँग सम्झौता गर्न सुरु गरेको हो ।’ सरकारको नेतृत्व लिने तयारीमा रहेको काँग्रेसविरुद्ध निकै समय खर्चिएका ओलीले २०६४ सालमा पनि काँग्रेसकै सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सम्झौता गरेको बताए ।

उनले भने, ‘त्यति बेला गिरिजाप्रसाद कोइराला र महन्थ ठाकुरले सम्झौतामा हस्ताक्षर गर्नु भएको थियो । खै पालना भएको हो । पालना उहाँहरु नगर्ने, उल्टै एमालेले मधेससँगको सम्झौता पालना गरेन रे ! ।’ एमालेमाथि आरोप किन लगाउने ? एमाले यस्तो पार्टी हो जो बोल्नेवित्तिकै पूरा गर्छ, ओलीले अगाडि भने, ‘एमाले बाचाबन्धन र इमानमा विश्वास गर्छ ।’ उल्लंघन गर्दैन ।

एमालेलाई आधा जनसंख्याको दुहाई दिने काँग्रेस र माओवादीको सकारले मानपदवी दिँदा विभेद गरेको ओलीको तर्क छ । उनले भने, ‘मानपदवी बाँड्दा मधेसको भागमा जम्मा ५४ वटा भाग परेछ । यो के आधारमा दिएको ? ।’

प्रचण्डमाथि पनि प्रहार
ओलीले भने, ‘म सरकारमा हुँदा त्रिपालमुनीका भूकम्पपीडित घरमा सारिएन भन्ने गुनासो गर्ने प्रधानमन्त्री ज्यूलाई सोध्न चाहन्छु । अहिले तपाईले १० महिना सरकार चलाउनु भो जनता त्रिपालमुनि छन् कि छैनन् ? कि सबै घरमा सरिसके ?’ छैनन् अहिलेसम्म पीडितहरु प्लाष्टिकमुनिको जीवन विताइरहेका छन् ।

प्रधानमन्त्री दाहालतिर हेर्दै ओलीले थपे, ‘तपाईले पुनःनिर्माण प्राधिकरणको सीइओ फेर्नु भो । काम गर्न दिनु भएन ।’ म नेता ज्यूहरुलाई भन्न चाहान्छु, ओलीले भने, ‘भूकम्प पीडितमाथि राजनीति गर्ने होइन । क्रिपया यसो नगरौँ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ