arrow

लोकतन्त्रको असल अभ्यास भयो : प्रधानमन्त्री दाहाल

logo
प्रकाशित २०७४ जेठ २३ मंगलबार
pmprachandadahal.jpeg

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रस्ताव गरेको उम्मेदवार प्रधानमन्त्रीमा निर्वाचित भएकामा अत्यन्त खुसी लागेको बताएका छन् ।  

व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीको निर्वाचनपछि पत्रकारसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै दाहालले भन‍े , “यो लोकतन्त्रको असल अभ्यास हो ।” उनले राजनीतिक इमान्दारीको अनुपम उदाहरण भएको प्रस्तुत गर्दै यसले मुलुकलाई नयाँ दिशामा अगाडि लैजाने विश्वास व्यक्त गरे।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ३८८ मतका साथ नेपालको ४०औँ प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रधानमन्त्री दाहालको यस्तो प्रतिक्रिया आएको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ