arrow

सरकारमा मन्त्री पाउने बारेमा फोरम र राप्रपामा विवाद

logo
प्रकाशित २०७४ जेठ २४ बुधबार
gachhadar-thapa.jpg.jpeg

 काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा मधेस केन्द्रित दल फोरम लोकतान्त्रिक सहभागी हुने निश्चित भएको छ ।

पार्टी स्रोतका अनुसार फोरम नेपालबाट अध्यक्ष विजय गच्छदार नै सरकारमा जाने भएका छन् । 

उनले उपप्रधानमन्त्रीसहित यसअघिकै मन्त्रालय स्थानीय विकासमा दाबी गरेका छन् ।

त्यसबाहेक अरु दुई मन्त्रालय पनि फोरम लोकतान्त्रिकले पाउने सहमति भएको स्रोतको भनाइ छ । 

यसअघिकै सरकारका मन्त्रीलाई दोहोर्याउने विषयमा भने गच्छदारको पार्टीभित्र विवाद भएको छ ।

यस्तै राप्रपालाई चारवटा मन्त्रालय दिन कांग्रेस सभापति देउवा तयार रहेको स्रोतले बतायो । 

तर, उपप्रधानमन्त्री दिने या नदिने, टुंगो नलागेको स्रोतको भनाइ छ । 

राप्रपाका अध्यक्ष कमल थापाले भने उपप्रधानमन्त्रीसहित चार मन्त्रालय दाबी गरेका छन् । 

राप्रपा चुनावअघिनै सरकारमा जान इच्छुक छ । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ