arrow

जनताले सुचना माग्न र पाउनु पर्छ: आयुक्त पोखरेल

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ जेठ २४ बुधबार
kiran-pokhrel.png

स्याङ्जा । राष्ट्रिय सूचना आयोगको आयोजनामा बुधबार सूचनाको हक तथा एमआइएस सम्बन्धी अभिमूखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । अभिमूखीकरण कार्यक्रमको उदघाटन गर्दे राष्ट्रिय सूचना आयोगका आयुक्त किरणकुमार पोखरेलले प्रत्येक नागरिकलाई आफनो वा सार्वजनिक सरोकारका बारेमा सूचना पाउने र माग्ने अधिकार हुने संबैधानिक ब्यवस्था भएको बताए ।

कार्यक्रममा बोल्दै आयुक्त पोखरेलले मुलुकको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति सुब्यवस्था वा अन्र्तराष्ट्रिय सम्बन्धमा गम्भीर खलल पार्ने सूचना, अपराधको अनुसन्धान, तहकिकात तथा अभियोजनमा प्रत्यक्ष असर पार्ने सूचना, आर्थिक ,ब्यापारिक तथा मौद्रिक हित वा बौद्धिक सम्पतिको संरक्षण वा बैकिङ वा ब्यापारिक गोपनीयतामा गम्भीर आघात पार्ने सूचना , बिभिन्न जातजाति वा सम्प्रदायवीचको सुसम्बन्धमा प्रत्यक्ष खलल पार्ने सूचना र ब्यक्तिगत गोपनीयता र ब्यक्तिको जीउ, ज्यान, सम्पती, स्वास्थ्य वा सुरक्षामा खतरा पुरयाउने सूचना बाहेकका सूचना सबै नागरिकले जान्न र बुझन पाउने अधिकार रहेको आयुक्त पोखररेलको भनाई थियो ।

कार्यक्रममा पत्रकार जुनारबाबु बस्नेतले सूचना के हो , हक किन र कसका लागि  र राष्ट्रिय सूचना आयोगका उपसचिव अच्यूतकुमार पौडेलले सूचनाका हक सम्बन्धी कानूनी ब्यवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । दुवै कार्यपत्रमाथि पत्रकार ओमप्रकाश शर्मा र स्थानीय विकास अधिकारी विश्वप्रकाश अधिकारीले टिप्पणी गर्दे सूचनाको शक्ति र आवश्यकताका बारेमा जानकारी दिए । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्थी, पुतलीबजार नगरपालिकाका मेयर सीमा क्षत्री, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्रे र पत्रकार महासंघका सभापति प्रकाश डोटेल लगायतले राज्यका काम कारवाही लोकतान्त्रिक पद्धती अनुरुप खुला र पारदर्शी बनाई नागरिक प्रति जवाफदेही र जिम्मेवार बनाउनु रहेकोमा जोड दिए ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ