arrow

प्रचण्डले गरे पुरस्कृत, देउवाले गर्लानकी नगर्लान?

logo
प्रकाशित २०७४ जेठ २४ बुधबार
Deuba-prachanda.jpg.jpeg

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा सरकार गठन भयो। नयाँ सरकारमा काँग्रेस र माओवादिका नेताहरु मन्त्री बनेर गएका छन्। यो मन्त्रीमण्डल गठनमा अघिल्लो सरकारमा रहेका कतिपय मन्त्रीहरु पर्छनकी पर्दैनन भन्ने चर्चा पनि रहेको थियो। अघिल्लो सरकारमा राम्रो काम गरेको भनेर जनस्तरमा समेत चर्चा पाएका कतिपय मन्त्रीहरुलाई दोहोर्‍याउन दवाव पनि परेको छ।

देउवा नेतृत्वको सरकारको पहिलो चरणको विस्तारमा जनताको भावनालाई माओवादी केन्द्रले केहि सम्वोधन गर्न खोजेको देखिएको छ। प्रचण्ड नेतृत्वको सरकारमा राम्रो काम गरेर चर्चामा रहेका उर्जामन्त्री जनार्दन शर्मा देउवा नेतृत्वको सरकारमा दोहोरिए। देशभर लोडसेडिङ हटाउन उनको भुमिका उल्लेख्य थियो। उनकै पालामा विद्युत प्राधिकरणले लोडसेडिङ हटाएको हो। आम नागरिकले उनलाई दोहोर्‍याउन दवाव दिएका थिए।  नभन्दै प्रचण्डले उनलाई देउवा सरकारमा पनि गृहमन्त्री बनाएर पठाए। 

देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रका कृष्ण बहादुर महरा पनि दोहोरिए। प्रचण्ड सरकारमा उपप्रधानमन्त्री र अर्थमन्त्री रहेका महरा देउवा सरकारमा उपप्रधानमन्त्री सहित परराष्ट्रमन्त्री भएका छन्। उनलाई आर्थिक वृद्धिदर बढाउने भुमिकाको लागि पुरस्कृत गरिए भनिएपनि प्रचण्डले आफ्ना विश्वासपात्रका रुपमा उनलाई सरकारमा पार्टीका तर्फबाट नेतृत्व गरेर पठाइएको बताइएको छ। 

पार्टीका तर्फबाट सरकारमा पठाइएका अनुहारहरुमा दोहोरिएका दुई मध्ये शर्मालाई भने आम नागरिकको भावनालाई सम्वोधनका लागि पनि दोहोर्‍याइएको माओवादी केन्द्रमा चर्चा छ। 

माओवादी केन्द्रका तर्फबाट अघिल्लो सरकारमा रहेका केहि मन्त्रीहरुलाई प्रचण्डले पुरस्कृत गरेको कुराले काँग्रेसभित्र पनि कौतुहलता सिर्जना गरेको छ। 

काँग्रेसभित्र पनि प्रचण्ड सरकारमा राम्रो काम गरेका केहि अनुहारहरु दोहोरिनुपर्ने चर्चा चुलिएपनि व्यवहारमा त्यस्तो देखिएन। अघिल्लो सरकारमा १५ मन्त्रालयको जिम्मेवारि पाएको काँग्रेसले यो पटक पनि करिव दर्जन मन्त्रालय पाउने अवस्था छ। ति मन्त्रालय मध्ये ३ वटा बुधवार मन्त्री भएकाहरुलाई जिम्मा दिइएको छ। तर अघिल्लो सरकारमा रहेर राम्रो काम गरेको भनेर चर्चामा रहेका निवर्तमान उद्योगमन्त्री नविन्द्रराज जोशी बुधवार मन्त्रीमण्डलको सपथमा त गए तर उनलाई काँग्रेसले दोहोरिनेमा पठाएन। भौतिक योजना मन्त्री रमेश लेखक पनि राम्रो काम गरेका कारण चर्चामा थिए। उनी पनि दोहोरिने आशा धेरैमा थियो। उनी पनि पहिलो चरणमा दोहोरिनेमा पर्न सकेनन्।

स्वास्थ्य मन्त्रालयमा अनेक नीतिगत र दुरगामि महत्वका निर्णय गरेर आम नागरिकलाई गुन लगाएका स्वास्थ्यमन्त्री गगन थापा पनि दोहोरिनेमा पर्न सकेनन्। सिंचाइ मन्त्रालयमा राम्रो काम गरेका भनेर चर्चामा रहेका दिपक गिरी पनि दोहोरिनेमा परेनन्। गरिवी निवारण मन्त्री हृदयराम थानी पनि दोहोरिनेमा आशावादी थिए, उनी पनि पर्न सकेनन्।

माओवादी नेतृत्वले जनमतको कदर गर्दै दुई मन्त्रीलाई पुरस्कृत गरेपनि काँग्रेस नेतृत्वले के गर्ला भनेर  धेरैले अड्कल मात्र काटेर बसेका छन्। कतिपयले एक वा दुई जना दोहोरिन सक्ने भनिएपनि मन्त्री बन्ने आकाँक्षीहरु पार्टीभित्र धेरै भएकोले मन्त्रीहरु दोहोरिन सक्ने सम्भावना कम भएको पार्टीकै नेताहरु बताउँछन्। यद्यपी प्रधानमन्त्री शेर बहादुर देउवाले के गर्छन धेरैको ध्यान त्यसैतर्फ गएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ