arrow

रेडपान्डा संरक्षणलाई अन्र्तराष्ट्रिय अवार्ड

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1288057369.jpeg
काठमाडौं । अमेरिकाको न्यूर्योकमा आयोजना हुन लागेको ‘वन्यजन्तु संरक्षण फिल्म फेस्टिबल २०१५’मा नेपाली वृत्तचित्र ‘रेडपान्डा संरक्षण’ले ‘उत्कृष्ट फाउन्डेशन फिल्म अवार्ड २०१५’ पाउने भएको छ । रेडपान्डा नेटवर्कको निर्माण तथा कृष्णप्रसाद सिग्देलको परिकल्पना र निर्देशनमा तयार भएको वृत्तचित्र आगामी अक्टोबर १६ देखि २५मा आयोजना हुने ‘वन्यजन्तु संरक्षण फिल्म फेष्टिबल एवं जैविक विविधता सम्मेलन’मा प्रदर्शनसँगै अवार्डबाट पुरस्कृत हुँदैछ ।

बृत्तचित्र जैविक विविधता संरक्षणका लागि जनचेतना जागृत गराउने सशक्त माध्यम हुन सक्छन भन्ने उद्देश्यले हरेक वर्ष आयोजना गरिने फिल्म फेष्टिबलमा यस वर्ष करीब ३० देशबाट अन्तर्राष्ट्रिय फिल्म निर्माता एवं बन्यजन्तु बिज्ञहरुको सहभागिता रहनेछ । अवार्ड प्राप्त बृत्तचित्रका साथै अन्य ८५ वटा बृत्तचित्रहरु प्रस्तुत गरिने कार्यक्रम रहेको फिल्म फेष्टिबलका आयोजकले जनाए ।

यो वृत्तचित्र बिश्वकै दुर्लभ वन्यजन्तु रेडपान्डाको संरक्षण गर्ने उद्देश्यले नेपालमा निर्माण गरिएको पहिलो बृत्तचित्र भएको निर्देशक सिग्देलले दाबी गरे । उनका अनुसार यस बृत्तचित्र निर्माणको छायांकन रेडपान्डाको प्रमुख बासस्थान मानिने पूर्बी हिमालयन क्षेत्रका स्थानहरु, ईलाम, पाँचथर, ताप्लेजुङ्ग, दार्जिलिङ्ग, सोलुखुम्बुमा गरिएको थियो ।

रेडपान्डालाई नेपालीमा हाब्रे भनेर चिनिन्छ । त्यसको संरक्षणका लागि रेडपान्डा नेटवर्क लगायत स्थानीय बासिन्दाले खेलेको भूमीकालाई समेत बृत्तचित्रमा समेटिएको छ । समुद्रि सतहबाट २ हजार २ सय देखि ४ हजार ८ सय मिटर उचाईमा पाईने चौडापाते शितोष्ण जंगलमा रहने यो जनावर नेपाल लगायत भारत, भुटान, म्यानमार र चीनमा पाईन्छ ।

विश्वभरी प्राकृतिक वासस्थानमा १० हजार भन्दा कमको संख्यामा रहेको दूर्लभ प्राणी हाब्रेको संख्या नेपालमा २३७ देखि १०६१ को विचमा रहेको अनुमान गरिएको छ । नेपालका ३६ वटा जिल्लाहरुमा यसको वासस्थान रहेको भएता पनि यि मध्ये जम्मा २४ वटा जिल्लाहरुमा यसको उपस्थित रहेको तथ्याङ्क छ ।

रेड पान्डालाई दुर्लभ वन्यजन्तुको अन्र्तराष्ट्रिय व्यापार महासन्धि साईटिसले अति संकटासन्न वन्यजन्तुहरुको अनुसूची १ मा राखेकोे छ । विश्व संरक्षण संघ, (आइ.यु.सि.एन.) ले सम्वेदनसिल सूचि मा राखेको यस प्रजाति लाई नेपाल सरकारले पनि महत्वका साथ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत संरक्षित वन्जुजन्तुको सूचीमा राखेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ