arrow

अरब मुलुकका लागि दिगो अर्थतन्त्र

logo
प्रकाशित २०७४ जेठ २५ बिहिबार
gulf-countries.png

वाशिङ्टन डिसी। हालैका दशकमा, अरब राष्ट्रका लाखौँ जनता चरम गरीबीबाट माथि उठाइएका छन्। तर अर्थतन्त्रको गिरावट र डरलाग्दो वेथितिका कारण प्रगति अहिले ढिलो हुने वा उल्टिने खतरा पनि रहेको छ। यस्तो परिणामलाई रोक्न अरब राष्ट्र थप दिगो अर्थतन्त्र विकासका लागि सुधारिएका सरकारी सेवाका अलावा नीजिक्षेत्रका सिर्जनात्मक गतिविधिमा उत्साहसाथ सहकार्य गर्दै क्षेत्रीय तथा अन्तरराष्ट्रिय सार्वजनिक महत्वका वस्तुको निर्माणमा द्रूतगतिमा अघि बढ्नुपर्छ।

यसकुरामा सफलता पाउनका लागि सर्वप्रथम मापदण्ड र सफलताका सम्भावित घेरा पत्ता लगाउनु जरुरी देखिन्छ। अरबमुलुक आजभोलि सुस्त समग्र कुल ग्राहस्थ उत्पादन वृद्धि र कसिलो आर्थिक असहजताको सामना गर्नुपरेको छ। शिक्षाको पहुँच, तालिम र स्वास्थ्यको रेखदेखमा असमानता देखिनु र आंशिक रुपमा आर्थिक असहजता भेटिनुले बढ्दो असमानतालाई थप समस्यातर्फ धकेलेको पाइन्छ ।

यस्ता परिणामले राजनैतिक ध्रुबिकरण र हिंसात्मक द्वन्द्वलाई उत्साहित गर्ने साथै जनतालाई विस्थापित गर्ने, जीवन तथा भौतिक संरचनाको क्षति हुने र अर्थतन्त्रमा गिरावट आउने गरेको हामीले देखेका छौं ।

जतिबेला आर्थिक विकासले शान्तिको प्रत्याभूत गर्न सक्दैन् असफलताले प्रायः आतङ्कवाद र हिंसालाई योगदान पुर्‍याउने गर्छ यसका कारण जनताको सहनशक्ति रिसमा परिणतहुँदा संस्थागत वैधानिकतामा पनि आँच आउने सम्भावना बढेर जानसक्छ। नजिकको देखिने द्वन्द्वको स्वरुपले छिमेकमा अस्तिरता निम्त्याउछ र अशान्ति मच्चिने उच्च जोखिम हुन्छ।

अरब क्षेत्रको आर्थिक सम्वृद्धिका लागि प्रविधिको आविस्कार एउटा समाधानको उपाय हुनसक्छ। तर बजार तथा जीवनशैलीमाथिको अवरुद्धताले विभिन्न चुनौति बढाउँन सक्छ। जलवायु परिवर्तन र महामारीजस्ता समस्या पनि व्यवस्थापन गर्न उत्तिकै कठीन विषय हुन्छन् जुन एउटामात्र राष्ट्रको पहलमा सम्वोधन गर्न नसकिने अवस्था हुन सक्छ।

यी चुनौतिलाई सामना गर्न त्यति सजिलो छैन । सफलताको साचो भनेकै देशदेशबीच र अन्तरराष्ट्रिय सङ्घसंगठनवीच, स्वदेशभित्र पनि सरकारी तथा निजी क्षेत्र वा सरकार तथा नागरिक समाजबीच सुमधुर सहकार्य गर्नु हुनेछ ।

यी अन्तरराष्ट्रिय सङ्घसंगठनमध्ये एउटा साझेदार विश्व वैंक समूह जसले गरिव र कमजोर मुलुकलाई जोगाउन, शरणार्थीको समस्या सुधार र आप्रवासीको पीडा कम गर्न सहयोग गर्छ र समावेशी र विश्वसनीय सेवा प्रबाहको प्रत्याभूत गराउँछ।

हामीले निजीक्षेत्रलाई मजबुत पार्न सहयोग गर्छौं ताकि यसले काम गर्ने थला निर्माण गरिदिन्छ र अरब राष्ट्रका युवाहरूलाई जागिर वा रोजगारीका अवसर सिर्जना गर्छ । हामीले अन्य किसिमको क्षेत्रीय सहयोग खासगरी शिक्षा, पानी, उर्जा र जलवायु परिवर्तनका क्षेत्रमा सवैलाई उपयोगी हुने सामानका लागि सहकार्य गर्छौं।

सहकार्यको मुख्य लक्ष्य कोषको वृद्धि हुनुपर्छ। गत वर्ष १४२ अर्व अमेरिकी डलर भएको आधिकारिक विकास सहयोग (ओडिए)ले सरकारी श्रोत र साधनसँग गाभिदासमेत कहिल्यै यस क्षेत्रको असाधारण वित्तीय आवश्यकता पूरा गर्न सक्दैन। ओडिएलाई समय सान्दर्भिक बनाउन सन् २०१५ का लागि यसलाई जर्मनीको वार्षिक स्वास्थ्य सेवा विलको एक तिहाइ वनाइएको थियो। संयुक्त राष्ट्रसङ्घको बाणिज्य शाखा (यूएनसीटीएडी)ले दिगो विकास लक्ष्य प्राप्तिका लागि विश्वले वार्षिक २.५ खर्ब अमेरिकी डलरको भिन्नतालाई बन्द गर्नुपर्छ। यो हासिल गर्न हामीले खासगरी निजीक्षेत्रबाट नयाँ खालको संयन्त्र प्रयोग गरी लाभ उठाउनु वा विश्व कोषलाई परिचालन गर्नुपर्छ।

भाग्यवस, निजीक्षेत्रसँग खरर्बौं अमेरिकी डलर छ। यसलाई अरब राष्ट्रको दिर्घकालिन अर्थतन्त्रको विकासका लागि प्रयोग गर्दै दिगो विकास लक्ष्य प्राप्त गर्ने बाटोमा अग्रसर हुन पाउने सम्भावना रहेको छ। तर यसका लागि विश्व बैंक समूहले प्रयास गरेजस्तो प्रेरणाको खाँचो छ। विश्व वैंकले लगानीमा छुट, लगानीको सुनिश्चितता र अनुकुल लगानी जस्ता कार्यक्रमलाई अघि ल्याएको छ । हामीले पनि निती तथा नियमको वातावरणमा सुधार गरी र विकास र सम्बृद्धितर्फ अग्रसर गर्न निजी क्षेत्रलाई आकर्षक गन्तव्य निर्धारण गरिदिएका छौ।

तर निजी क्षेत्रलाई दिर्घकालिन विकासका लागि लगानी प्रोत्साहन गर्न अझ धेरै काम गनुपर्ने हुन्छ। शुरुवातकर्ता व्यवसायीलाई पनि निर्दिष्ट उद्देश्य आवश्यक पर्छ। डिलोइटले हालै सार्वजनिक गरेको प्रतिबेदनले कम्पनीले प्रष्ट उद्देश्य निर्दिष्ट गरी अघि बढ्नुपर्ने र त्यो सामाजीक, वातावरणीय वा आर्थिक लक्ष्य प्राप्ति गर्नेतर्फ जोडिएको हुनुपर्छ। यस्ता उद्देश्यले व्यवसायको दिशा निर्दिष्ट गर्छ र संस्थागत संस्कृति र मुल्यलाई प्रभावित गर्दै व्यक्तिगत र सामुहिक व्यवहारलाई मार्गनिर्देश गर्छ।

पक्कैपनि, उद्देश्यको महसुस गर्दैमा निजी क्षेत्रको लगानीको दिर्घकालिन दिशातय हुदैन। ‘द विजिनेस एण्ड सस्टेनेवल डेभलभमेन्ट कमिसन (बीएसडीसी)’ले दिगो विकास लक्ष्यका लागि भएको लगानीले नयाँ रोजगारीका अवसर दिलाउँछ, व्यापक रूपमा प्रतिफल दिन्छ, अहम् क्षमता हाँसिल गराउँछ, आविस्कारलाई प्रोत्साहन गर्छ र प्रसिद्धि कमाउन मद्दत गर्छ।

कम्पनीले माथि उल्लेखित फाइदाको महसुस गरेको खण्डमा उद्देश्य प्राप्तिको पद्धतिलाइ अवलम्वन गर्छन् तर तिनीहरूलाई अनुगमन सहयोग र प्रतिफलको निरन्तर जानकारी आवश्यक पर्छ। खासगरी तिनीहरूलाई दिर्घकालिन आर्थिक, सामाजिक र वातावरणीय लक्ष्यका बिषयमा आफुले चाहेको अवस्थामा सहजरूपमा प्रगतिबारे जानकारी दिने पारदर्शी संयन्त्रको खाँचो हुन्छ। यस्ता संरचना बनाउने पहल भइराखेका छन् तर व्यवसायिक सहभागिताका लागि प्रेरणादायी प्रोत्साहन गर्न अझ धेरै गर्न बाँकी छ।

दिर्घकालिन अर्थतन्त्रका लागि संक्रमणमा सघाउने व्यवसाय वा कम्पनी समूहहरू पछिल्ला दिनहरूमा बढेका पाइएको छ। तर त्यो संक्रमणकाल पूरा गर्न त्यो पनि खास अरब मुलुकमा थप धेरै कम्पनी र निजी क्षेत्र आउनु जरूरी छ। निश्चयपनि, तिनीहरूका वाचा व्यबहारमा प्रतिविम्वित हुनुपर्छ र सम्वन्धित मुलुकका सरकार, बहुपक्षीय सङ्घसंस्था र नागरिक समाजको सहारा लिदै अघि बढ्नु पर्छ।

अगाडिको बाटो भरपुर कठिन छ तर अरब राष्ट्र यस्ता चुनौतिलाई विगतमा सहजै समाधान गरेका थिए। यस क्षेत्रमा विगतमा जस्तै काम गर्न जनता, स्रोत तथा साधन र अवसर उपलब्ध छ।

रासस÷ प्रोजेक्ट सिन्डिकेट (अनुवादकः दिलीप शर्मा) (महमद मोहिल्दिन विश्व वैङ्क समूहका संयुक्त राष्ट्रसङ्घ सम्वन्ध र साझेदार २०३० विकास कार्यक्रमका वरिष्ठ उपाध्यक्ष र इजिप्टका पूर्व लगानी मन्त्री हुनुहुन्छ ।) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ