arrow

वालिङ महोत्सवमा ३५ लाख नाफा

logo
प्रकाशित २०७४ जेठ २५ बिहिबार
waling-nagarpalika.png

स्याङ्जा। “हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने मुल नाराका साथ माघ १३ देखि २३ सम्म आयोजना गरिएको छैटौ वालिङ महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ। वालिङ उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरी महोत्सवको आयव्यय सार्वजनिक गरेको हो। वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले १ करोड ३० लाख ९७ हजार ८ सय ३० रुपैया रकम महोत्सवले आम्दानी गर्न सफल भएको बताए। महोत्सवमा ९५ लाख ९७ हजार १ सय ६८ रुपैया खर्च भएको र ३५ लाख ६ सय ६२ रुपैया रकम संघले वचत गरेको अध्यक्ष पौडेलले पत्रकार सम्मेलनमा उल्लेख गरे।

१ करोड आम्दानी ५० लाख खर्च हुने लक्ष्यका साथ आयोजना गरिएको छैटौ वालिङ महोत्सवमा आम्दानी बढेसगै खर्च पनि बढेको छ । आयोजकले टिकट बाट ३८ लाख, वालउद्यानबाट १४ लाख, प्रायोजनबाट ३५ लाख लगायत अन्य विविध स्रोतबाट आम्दानी गरेको पौडेलले बताए । बचत भएको रकमलाई व्यवसायीक क्षमता अभिवृद्धि र बहुउदेश्यीय सामुदायीक भवनमा खर्च गर्ने संघले जनाएको छ। महोत्सव सकिएको चार महिना पछि वालिङ उद्योग वाणिज्यसंघले आयव्यय सार्वजनिक गरेको हो। 

वालिङ खेल मैदानमा आयोजना गरिएको महोत्सवमा कृषि तथा हस्तकलालाई विशेष स्थान दिएर प्रदर्शन गरिएको थियो, आँधिखोलालाई थुनेर वनाईएको कृतिम ताल, हेलिकप्टरमार्फत वालिङ तथा आसपास क्षेत्रको अवलोकन गर्ने व्यवस्था एवं प्यारागलाईडिङ विशेष आकर्षणका रुपमा रहेकाथिए। विगतमा ५ वटा महोत्सवहरु सम्पन्न गरिसकेको वालिङ उद्योग वाणिज्य संघले महिला तथा घरेलु उद्यमका क्षेत्रमा समेत राम्रो काम गर्दै आईरहेको छ। महोत्सवले महिलाका उत्पादन तथा क्षमता विकासमा उल्लेखनिय प्रभाव पारेको वालिङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिकी अध्यक्ष कविता भुषालले जानकारी दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ