arrow

छोरा-छोरिले फेसबुक चलाएर हैरान बनाए, अव रोक्ने एप्स आउने

किशोर–किशोरीका लागि अलग म्यासेन्जिङ ऐप्स ल्याउदै फेसबुक

logo
प्रकाशित २०७४ जेठ २५ बिहिबार
teens-using-facebook.jpg

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले किशोर–किशोरीका लागि अलग म्यासेन्जिङ ऐप्प ल्याउने भएको छ । उक्त एप्स आएसँगै तपाई फेसबुकमा आफ्ना  बच्चाहरु माथि ध्यान मात्र नभएर निगरानी पनि गर्न सक्नुहुनेछ । फेसबुकका अनुसार ऐप्सको मद्दतले १३ भन्दा माथिका छोरा-छोरिलाई  सो  साइटमा के गरिरहेका छन् र  को-कोसँग गफ गरिरहेका छन् सोको जानकारी अभिभावकले पाउनेछन् ।

फेसबुकले उक्त एप्स  बच्चाहरुको अभिभावककै नियंत्रणमा हुने बताइएको छ । यो एक टक एक म्यासेज एप्स हुनेछ । जसको माध्यमबाट  तपाईका छोरा छोरी तपाईका साथै अन्यसँग पनि च्याट गर्न सक्नेछन् । तर त्यसको पुरै नियन्त्रण तपाईसँग हुनेछ ।

सो  एप्सको प्रयोग १३ बर्ष भन्दा माथिका किशोर–किशोरीले गर्न सक्नेछन् । साथै यसको लागि नयाँ फेसबुक एकाउटको पनि आवश्यकता पर्नेछैन । सोशल साइट्समा किशोर किशोरीहरुले निकै समस्याहरु भोग्ने गरेका छन् । साथै उनहरु गलत व्याक्तिको संगतमा पनि परेको पाइएको छ । कयौ पटक उनिहरु यौन शोषण को पनि  शिकार बन्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ