arrow

अरबाजको ठाँउमा प्रभुदेवा, सलमानका निर्देशक

logo
प्रकाशित २०७४ जेठ २५ बिहिबार
salman_arbaj.jpg

एजेन्सी । बलिउड अभिनेता सलमान खानको हिट चलचित्र 'दबंग' को तेस्रो पार्टको दर्शक प्रतिक्षामा रहेका छन् । सलमानले 'दबंग थ्री' को सुटिङ चलचित्र 'ट्यूबलाइट' को रिलीज र 'टाइगर जिंदा हे' को सुटिङ पुरा भइ नसकिकन सुरु नहुने बताएका छन‍् ।  

चलचित्रलाई लिएर निर्देशकको रुपमा  अरबाज खान नभइ अन्य रहने समाचार बाहिर आएको छ । अरबाज चलचित्रको निर्माता त रहनेछन् तर निर्देशन भने गर्ने छैनन् । चलचित्रको निर्देशन प्रभुदेवा गर्नेछन् । उनले सलमानको चलचित्र  'वान्टेड' को पनि निर्देशन गरेका थिए ।

योसँगै प्रभुदेवा र सलमानको दोस्रो चलचित्र हुनेछ । प्रभुदेवा र सलमान 'वान्टेड' को  सीक्वल बनाउन लागेको  समाचार बाहिर आएता पनि 'दंबग-थ्री'  को यो सिक्वेलले केहि समय 'वान्टेड' बनाउन रोकिने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ