arrow

सिंहदरबारलाई जिस्काउँछन् मूलढोकै अगाडि सुकेका विरुवा

logo
यमुना भण्डारी,
प्रकाशित २०७४ जेठ २५ बिहिबार
biruwa_news.jpg

काठमाडौं । नेपालको मुटु सिहंदरबार अगाडिको सडक छेउ–छाउ हिजो आज खाली गमला र सुकेका बोट देख्न पाइन्छ । १८औं सार्क शिखर सम्मेलनमा बेला करोडौँ खर्च गरेर राखिएका गमलाको शोभा हराएको छ भने, रोपिएका बोटविरुवा हराउँदै गएका छन् ।

१८औं सार्क आयोजना हुँदा सजावटका लागि मात्रै सरकारले झण्डै ३० करोड खर्च गरेको थियो । काठमाडौं महानगरपालिकाले मात्रै ९ करोड बढीको बोटविरुवा बाहिरबाट खरिद गरेको थियो । अाइल्याण्ड र हरियाे दुबाे राख्ने कामकाे खर्च छुट्टै राखिएकाे छ ।

यस्तै, सडक विभागले गमला र बोट तथा फूलहरुका लागि मोटो रकम खर्चिएको थियो । काठमाडौं उपत्यका विकास प्राधिकरणले गमला राख्ने देखि लिएर आइल्याण्ड बनाउने र दुवो राख्ने सबै काम गराएको थियो । सार्क सकिएसँगै बोटविरुवा मर्ने, गमला हराउने र नासिने क्रम जारी रहयो ।

एयरपोर्ट देखि माइतीघर मण्डलासम्मको बोट विरुवाको संरक्षणको जिम्मा लिनलाई निजी क्षेत्रबीच झगडापरेपछि सरकारले सरकारी स्वामित्वको नेपाल टेलिकमलाई जिम्मा दियो । नेपाल टेलिकमले जिम्मा पाएको ठाउँमा बोटहरुको लालन पालन भएपनि देशकै बागडोर रहेको सिंहदरबार अगाडिका बोटहरु मर्दै गएका छन् । गमला उजाड भएका छन् । सुकेका विरुवाले गमलाको सोभा लुटेका त छन् नै, सिंहदरबारलाई जिस्काइरहेका छन् । मूल ढोकाबाट सिंहदरबार छिर्ने भीआइपीहरुलाई पनि ती सुकेका बोटले जिस्काउँदा हुन् ।

सार्कसम्मेलन हुँदा दुलही झैँ सजिएको काठमाडौंको अनुहार विस्तारै पुरानै अवस्थामा आयो । करोडौँ खर्च गरेर रोपिएका विरुवा बचाउन कसैले चासो देखाएनन् । त्यतिमात्र होइन साना विरुवामाथि पmोहर थुपार्ने, बाटोमा हिड्नेले निमोठ्ने गतिविधि भइरहेकै छन् । करोडौँ खर्च गरेर रोपिएका विरुवाको स्याहार सुसार नहुनुमा सरोकारवाला नै जिम्मेवार रहेको बताउँछन्, स्थानीय राजिब खड्की ।

उनले भनेका छन्, ‘सबै भन्दा पहिले एउटा नागरिक भएर सोच्नु पर्छ । हाम्रो देश कस्तो छ ? स्वभाविकैले जहाँ गन्यमान्य व्यक्ति बस्छन् त्यहाँ चाँडै काम हुन भन्ने नागरिकको चाहाना हुन्छ । तर, व्यवहारमा त्यस्तो देखिएन ।’

पैँसा राम्रैका लागि खर्च भएको भएपनि त्यसको सदुपयोग हुन नसकेको उनी बताउँछन् । पाहुनालाई खुसी पार्न सभा सम्मेलन कुर्ने चलनको अन्त्य हुनुपर्दछ, खड्की भन्छन्,  ‘जब–जब सभा सम्मेलन हुन्छन्,  त्यति बेला मात्र यी बोट विरुवामा आँखा जान्छ । अरुबेला कसैलाई सोच्ने फुर्सद हुँदैन ।’ अब त निर्वाचित जनप्रतिनिधि आएका छन् । उहाँहरुले यसलाई गम्भीरता पूर्वक लिनु पर्दछ । पहिले त उहाँहरुले देख्नु भएको छ कि छैन ? त्यो महत्वपूर्ण हो ।

उनले अगाडि भने, ‘बोटविरुवा भएकै ठाउँमा पmोहर फालेको देखिन्छ । बाटो खन्ने भत्काउने काम भइरहन्छ । तीन–चार वर्ष वित्खा पनि बाटो बन्दैन । बोटविरुवा मरिसकेको छ । त्यो ठाउँमा अर्को विरुवा रोपिँदैन । सुख्खायाममा पानी हाल्ने प्रबन्ध हुँदैन ।’ मलजल त परै छोडौँ । पmर्केर पनि सम्बधित, निकायले हेर्दैन । नागरिक पनि सचेत छैनन् ।

सड्क छेउमा रोपिएका विरुवा आकाशे पानीको भरमा बाँचिरहेका छन्, उनी भन्छन्, ‘हामी आफैले बोटविरुवालाई हानि नोक्सानी गरिरहेको पनि थाहा पाउँदैनौँ ।’ रोजगारीका लागि हामी अरुको देश जान्छौँ । यहाँ सरकारले बनाएका योजनाको  रेखदेखलाई पारिश्रमिक दिएर मान्छेसम्म राख्न सक्दैन ।’ आपm्नै देशमा भएका  युवालाई यसको स्वामित्व हस्तान्त्रण गरिदिए हुन्थ्यो नि !

काठमाडौंकै अनामनगरमा बस्ने संगिता खतिवडा यसको पहिलो जिम्मेवारी सम्बन्धित निकायले लिनु पर्ने बताउँछिन् । उनले भनेकी छन्, ‘हामीले पनि सघाउनु पर्ने हो । खै अग्रसर हुने निकाय पनि त हुनै पर्छ नि । रोपेर बेपत्ता छन् । संरक्षणको जिम्मा कसलाई छ भन्ने पनि थाहा हुँदैन ।’ यो हाम्रो पनि सम्पत्तिहो भन्ने भावना सबैमा आउन जरुरी छ ।

उनले अगाडि भनेकी छन्, ‘पहिलो कुरा त सरकारको मुख ताकेर बस्ने परम्परा तोड्नु पर्दछ । यद्यपि, त्यसो भन्दैमा स्थानीयले आफै गर्छन् भन्ने होइन । सचेतनाको अभियान चलाउनेहरु पनि यसमा गम्भीर हुनु पर्दछ ।’ जाने बुझेकै व्यक्तिहरुबाट पनि कयौँ गल्तिहरु भइरहेका हुन्छन् । सबै सुध्रिन जरुरी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ