arrow

बुढीगण्डकीमा गलत मनसाय देखियो : डा भट्टराई

logo
प्रकाशित २०७४ जेठ २५ बिहिबार
baburam-kp-parti-phutyo.jpeg

काठमाडौं। नयाँ शक्ति नेपालले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेका बुढीगण्डकी जलविद्युत आयोजना विकाससम्बन्धी सरकारले गरेको निर्णय गलत मनसायले अगाडि बढाइएको आरोप लगाएको छ। सो पार्टीले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी बिना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई बुढीगण्डकी आयोजना दिइएको भन्दै आपत्ति जनाएको हो।

सो अबसरमा पार्टीका संयोजक डा बाबुराम भट्टराईले ऊर्जा मन्त्रालयले चीनको गेजुवा ग्रुप अफ कम्पनी लिमिटेडसँग हालै गरेको समझदारीपत्र स्थानीय प्रभावितको हितमा नरहेको आरोप लगाए।

विद्युतीय लोडसेन्टरहरु काठमाडौँ, पोखरा, चितवनजस्ता बिजुली प्रशस्त खपत हुने स्थानहरुबाट नजिक, पहुँचमार्ग पुगेको र प्रशारण लाइन छोटो र सहजताका साथ निर्माण हुने स्थानमा रहेको, प्रशस्त जलभण्डार हुन सक्ने आयोजना सस्तो र सहज रुपमा बनाउन अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनुपर्नेमा त्यसो नभएकोमा उनले आपत्ति जनाए।

जलाशययुक्त आयोजना गैरजलाशययुक्त आयोजनाभन्दा वित्तीयरुपमा केही बढी बोझिला मात्र नभएर यसका सामाजिक तथा वातावरणीय पक्षहरु पनि चुनौतीपूर्ण हुने हुनाले त्यस्ता आयोजनाको निर्माणमा राज्य स्वयम् सक्रिय हुनुपर्ने आवश्यकता सो पार्टीले औल्याएको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ