arrow

ट्याक्टरलाई बसले ठक्कर दिंदा चार जना गम्भीर घाइते 

logo
प्रकाशित २०७४ जेठ २६ शुक्रबार
accident-final.jpeg

सुरुङ्गा । पाडाजुँगी–गौरिगन्ज भित्री सडकखण्ड अन्तर्गतको गौरादह–२ नगरटोलमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा चारजना गग्भीर घाइते भएका छन् । 

पाडाँजुगीबाट गौरिगन्जतर्फ आउँदै गरेको मे१त ४४३४ नंको ट्याक्टरलाई सोही दिशाबाट आउँदै गरेको को१ख ४२९१ नंको यात्रुवाहक बसले ‘ओभरटेक’ गरी ट्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी गौरादह–५ निवासी ३७ वर्षीया बिमला भुजेलसहित चारजना घाइते भएका छन् । 

घाइते हुनेमा ट्याक्टरका सहचालक ३५ वर्षीय अजय मण्डल, बसमा सवार गौरादह–३ निवासी ४० वर्षीया शारदा डाँगी र २० वर्षीया अनिषा भण्डारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।

घाइतेको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ