arrow

बर्सातले असर नगर्ने गरी मतदान केन्द्र सुरक्षित गर्न अनुगमन

logo
प्रकाशित २०७४ जेठ २६ शुक्रबार

खजुरा । स्थानीय तह दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा बाँके जिल्लाका विभिन्न मतदान केन्द्रको अनुगमन सुरु भएको छ । 

निर्वाचनमा भयरहित वातावरण, मतदाता शिक्षा, तथा आवश्यक तयारी लगायतका विषयमा नियमित अनुगमन गर्न लगिएको हो । 

प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थको संयोजकत्वमा बिहीबार खजुरा गाउँपालिका र जानकी गाउँपालिकाका मतदान केन्द्रको अनुगमन गरिएको छ । 

मतदान केन्द्र बर्सातले समेत असर नपर्ने गरी मतदान केन्द्र व्यवस्थित गर्ने पहल भइरहेको पन्थले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ